मनहरी ७ मा काँग्रेसका उम्मेदवार तितुङको शानदार जीत
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा काँग्रेसका उम्मेदवार ठाकुर तितुङको शानदार विजयी भएको छ ।
आज सम्पन्न मत परिणाम अनुसार तितुङ ६ सय ६८ को मत अन्तरले नेकपा एमालेका उम्मेदवार नारायण घिसिङलाई पराजीत गरेका हुन् । तितुङले १ हजार ४ सय ८९ मत प्राप्त गरे भने घिसिङले ८ सय २१ मत प्राप्त गरि पराजय व्यहोरेका छन् ।
अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खुशीलाल मोक्तानले ३ सय ५० मत प्राप्त गरेका छन् ,नेकपा (एकीकृत समाजवादी)का बलराम स्याङ्गतानले ८० मत प्राप्त गरे ।
त्यस्तै नेपाली कांग्रेस बाट राधादवी पाठक ,बिमला सुनार ,कमल बिष्ट र नवराज सुबेदि सदस्य पद मा विजय भएका हुन् ।
गठबन्धनका साझा उम्मेदवार रञ्जन कालाखेतीले मनहरी ७ बाट १ हजार ५ सय २१ मत प्राप्त गरेका छन् भने ,नेकपा एमालेका उम्मेदवार एकराज उप्रेती ८ सय ७७ र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नारायण श्रेष्ठले १ सय ५० मत प्राप्त गरेका छन् ।
यता उपाध्यक्षमा गठबन्धनकी सीता पुलामी मगरले १ हजार ९६ मत प्राप्त गर्दा, नेकपा एमालेकी सुजीता थिङले १ हजार ३५ मत र नेकपा (एकीकृत समाजवादी)की मनिला विष्टले १ सय १ मत प्राप्त गरेका छन् ।
हाल सम्म ७ वटा वडा को मतगणना भएको छ । नेपाली कांग्रेसले मनहरी १,३,६ ,७ विजय हासील गरेको छ, भने माओवादी केद्रले मनहरी २,४,५ मा जीत हासिल गरेको छ ।







