समाचार

थाहा ३ को पहिलो बैठकः वडाका २४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन पश्चात निवार्चित थाहा नगरपालिका वडा नं. ३ समितिको पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडाका सरकारी विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने अति विपन्न र जेहन्दार बिद्यार्थीहरुलाई एक बर्षको पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको...

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाडौं । सेवाग्राहीको चाप बढेपछि राहदानी विभाग सार्वजनिक बिदाको दिन, आइतबार पनि खुल्ने भएको छ। सरकारले हालै सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपनि राहदानी विभाग भने पूर्ववत् रुपमै चल्ने भएको हो। विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन समेत...

निजगढमा विमानस्थल बनाउने बाटो बन्द, विकल्प खोज्न सर्वोच्चको आदेश

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । । वातावरण सरक्षण अभियन्ता र...

बालकुमारीबाट पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् । उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको...

नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौं । संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका छन् । ६५ पृष्ठमा १४५ बुँदामा समेटिएका नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन् । प्रमुख...

५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले बताए । उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने...

हेटौडामा मुल्यवृद्धिविरुद्धको आन्दोलनमा पक्राउ परेका विद्यार्थी नेताहरु छुटे

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिदा हेटौंडाबाट पक्राउ परेका विद्यार्थी नेताहरु छुटेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र बहादुर गुरुङ्गले सरकारी सवारी साधनको साँचो नियन्त्रणमा लिएपछि उनिहरुलाई पक्राउ गरि सम्झाई बुझाई गरेर छाडिदिएको बताए । पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध मकवनापुर बहुमुखी क्याम्पस...

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको...

नवौं राष्ट्रिय खेलकुद सर्‍यो, असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो।

इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदहरुले दर्ता गरेका छन् । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले...