हेटौडामा मुल्यवृद्धिविरुद्धको आन्दोलनमा पक्राउ परेका विद्यार्थी नेताहरु छुटे

अखबार हब
२०७९ जेष्ठ १२, बिहीबार ११:५५

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिदा हेटौंडाबाट पक्राउ परेका विद्यार्थी नेताहरु छुटेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र बहादुर गुरुङ्गले सरकारी सवारी साधनको साँचो नियन्त्रणमा लिएपछि उनिहरुलाई पक्राउ गरि सम्झाई बुझाई गरेर छाडिदिएको बताए ।

पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, मकवानपुर जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना लगायत नेताहरु प्रहरीले नियन्त्रण्मा लिएको थियो ।

अनेरास्ववियुले यसअघि पनि पेट्रोलियम पदार्थको मुल्यवद्धिको विरोधमा प्रर्दशन गरेको थियो । सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १०÷१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*