समाचार

कैलाशबाट ५११ केजी गाँजासहित दुइ जना पक्राउ

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित दुइ जना पक्राउ परेका छन् । ५ सय ११ केजी गाँजा सहित आज बिहान प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो । कुटुन्जेका ४२ वर्षिय राधाकृष्ण रिजाल र ३८ वर्षिय उत्तम रिजालको घरबाट प्रहरीले ठुलो परिमाणमा गाँजा फेला पारेको...

रवि लामिछानेका चालकको निधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला...

नाफामूलक संस्थालाई निजगढ नगरपालिकाको अनुदान 

बारा । बाराको निजगढ नगरपालिकाले नाफा कमाउने उद्देश्यका साथ सञ्चालनमा रहेको संस्थालाई अनुदान वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आवमा नगरपालिकाले नगरका तीन वटा नाफामूलक संस्थालाई अनुदान वितरण गरेको खुलेको हो । संघ र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा...

थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष थिङसहित ३ जना पक्राउ

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको घरबाट २ सय २ केजी लागू औषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्ष टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा वडा अध्यक्ष थिङसहित भीमलाल थिङ, इन्द्र...

सरकार र महावीर पुनबीच आज पुनः वार्ता हुने

काठमाडौँ । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । हिजो भएको वार्ता मौखिक रूपमा सहमति नजिक पुगे पनि लिखित रूपमा सहमति हुन सकेको छैन । आज साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले...

मजदुरहरुले देश निर्माणका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मे १ मा मनाइँदै गरिएको १३४ औं अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले सन् १८८६ मा अमेरिकाको सिकागोमा‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै...

मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली

मकवानपुर । मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा कमल मैनाली चयन भएका छन् । शनिबार भएको संघको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनले मैनालीको नेतृत्वमा सर्वसम्मत १३ सदस्सीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा राजकुमार बानियाँ, भीम प्रसाद तिमल्सीना, युवाकर मैनाली, महासचिव शम्भु पुडासैनी, सचिव विजय गौतम, कोषाध्यक्ष...

विकासको लागि सशक्तिकरण आवश्यक : वडा अध्यक्ष सिग्देल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलले नगरको विकासमा टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शनिवार पृथ्वीपथ टोल विकास संस्थाको साधारण सभामा बोल्दै वडा अध्यक्ष सिग्देलले राजनीतिक संकिर्णताभन्दा माथी उठेर विकासलाई बुझ्नुपर्ने र यसको वास्तविक प्रतिनिधित्व टोल विकास संस्थाले गर्नसक्ने र टोल विकास...

राउन्ड टेबल नेपालद्वारा ८७ विद्यार्थीहरुलाई छात्रवृत्ति

मकवानपुर । राउन्ड टेबल नेपालद्वारा ८७ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । बुधबार राउन्ड टेबलले मकवानपुरगढी-५, स्थित श्री आधारभूत शिक्षा प्राथमिक विद्यालयमा ३ लाख १५ हजार ६ सयको छात्रवृत्ति वितरण गरेको हो । राउन्ड टेबल नेपाल, हेटौंडा टेबल-३० का अध्यक्ष रवि अग्रवालको सभाध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका...

बहिरा अपाङ्तालाई अधिकारसम्बन्धी अभिमूखीकरण

मकवानपुर । मकवानपुर बहिरा संघको आयोजनामा बहिरा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ३ दिने क्षमता विकास अभिमुखीकरण तालिम हेटौँडामा शुरू भएको छ । हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रमको हेटौँडा ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आथित्यता रहेको थियो भने हेटौँडा उपमहानगरपालिकाकी महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने,...