समाचार

शिक्षामा प्रयाप्त बजेट विनियोजन गरौँ : वडा अध्यक्ष सिग्देल

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले शिक्षा, स्वास्थ्य र रोजगार साझा र अनिवार्य अधिकार भएको बताउनु भएको छ । नारी संरक्षण केन्द्रद्वारा अति विपन्न वर्ग तथा सिमान्तकृत समुदायका विध्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै उहाँले शिक्षामा बजेट विनियोजन प्रयाप्त हुनुपर्ने र गुणस्तर कायम गर्न स्थानीय...

पत्रकार बन्जारालाई फसाउन खोजीयो : रास्वपा

मकवानपुर । पत्रकार रमेश बन्जारालाई बदलाभाव राखेर फसाउन खोजीएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले निष्पक्ष छानबीनको माग गरेको छ । सञ्चारमाध्यममा आएको सिसीटीभी फुटेजलाई हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजीएको भन्ने जनस्तरबाट समेत गुनासो आएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले निष्पक्ष छानबीनको माग गरेको हो । पार्टीका सभापति भरत पराजुलीले...

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिँदै

काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँचरपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ । ‘नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले...

मनहरीमा ट्रयाक्टर दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते...

बारामा मतगणना सुरु

बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव,...

मतदान खल्बल्याउन खोज्ने ४ जना पक्राउ

बारा । शान्तिपूर्ण मतदान खल्बल्याउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देउतल गाउँपालिका ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको शान्तिपूर्ण वातावरण खल्बल्याउन खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बाराको देउतल गाउँपालिका – ७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्‍याउन खोजेको भन्दै रौतहटका ३...

मकवानपुरका निश्चल अग्रवालले चलाएको गार्मेन्ट उद्योगमा आगलागी, एक जना बेपत्ता

काठमाडौं । कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो । घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र...

बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान जारी

काठमाडौँ । बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी छ  । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका बिहान ७ बजेदेखि मतदान जारी रहेको छ  । चितवन–२ को मतदान केन्द्रमा बिहान सबेरैदेखि मतदाता लाइनमा बसेका थिए । भरतपुर महानगरपालिका–३ को चमेलीदेवी स्कुलको मतदान केन्द्रमा बिहान साढे पाँच नबज्दै...

सामाजिक रूपान्तरणमा युवाकाे भूमिका महत्वपूर्ण: सचिव सिग्देल

मकवानपुर । नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले सामाजिक रूपान्तरणमा युवाहरूकाे महत्वपूर्ण भूमिका हुने बताउनु भएकाे छ । राष्ट्रिय युवा संघ, नेपालकाे हेटाैँडा १३ नं. वडाकाे भेलामा बाेल्दै उहाँले युवा समुदाय सचेत समुदाय भएकाेले सामाजिक रूपान्तरणद्वारा विकास र समृद्वि हासिल गर्न सकिने भएकाेले युवाहरू उत्पादनसंग जाेडिदै राजनीति र...

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

ललितपुर। ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३स्४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए । लिम्बू छ महिनादेखि बिरामी भएका थिए । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि...