मनहरीमा ट्रयाक्टर दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते
मकवानपुर । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ ।







