पत्रकार बन्जारालाई फसाउन खोजीयो : रास्वपा

अखबार हब
२०८० बैशाख १३, बुधबार १८:५९

मकवानपुर । पत्रकार रमेश बन्जारालाई बदलाभाव राखेर फसाउन खोजीएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले निष्पक्ष छानबीनको माग गरेको छ ।

सञ्चारमाध्यममा आएको सिसीटीभी फुटेजलाई हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजीएको भन्ने जनस्तरबाट समेत गुनासो आएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले निष्पक्ष छानबीनको माग गरेको हो । पार्टीका सभापति भरत पराजुलीले दोषी भए मात्रै कानुनी कारवाही अघि बढाउनुपर्ने अन्यथा निर्दोष ब्यक्तीलाई सुनियोजित तरिकाबाट फसाउन नहुने बताए ।

पीडितले दिएको जाहेरी र बारदात भएको भनिएको समयमा पत्रकार बन्जारा हेटौँडाको एक पसलमा गुट्खा किन्दै गरेको सिसीटीभी फुटेजमा देखिएको पीडित भनिएकी महिला बुलेट बाईक चढेर घट्ना भएको भनिएको स्थलमा गएको विषयलाई समेत प्रहरी प्रशासनले गहीरो ढंगले छानबीन गर्न माग गरिएको छ ।

३० चैतमा एक महिलालाई बलात्कार गरेको अभियोगमा बन्जारा हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासदमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*