मतदान खल्बल्याउन खोज्ने ४ जना पक्राउ

अखबार हब
२०८० बैशाख १०, आईतवार १३:४८

बारा । शान्तिपूर्ण मतदान खल्बल्याउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देउतल गाउँपालिका ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको शान्तिपूर्ण वातावरण खल्बल्याउन खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बाराको देउतल गाउँपालिका – ७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्‍याउन खोजेको भन्दै रौतहटका ३ जना र बारा पर्सौनीका १ जना गरी जम्मा ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*