समाचार

थाहा नगरमा च्वाईस नेपालको निःशुल्क सुधारिएको चुलो

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ र ५ का ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो वितरण गरिएको छ । थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा हाल थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो । मंगलबार थाहा...

बक्तृत्व कलामा जेनिथकी छात्रा अभिप्सा पौडेल प्रथम

मकवानपुर । जिल्ला अदालत बार एशोसियशन मकवानपुरले ७१ औँ कानून दिवसको अवसरमा “कानूनको सर्बोच्चता” विषयक जिल्ला स्तरीय बक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ । कानुन विषय अध्ययन गरिरहेका सिद्धार्थ, निर्मल र जेनिथ इन्टरनेशनलका ७ बिद्यार्थीले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगीतामा जेनिथ इन्टरनेशनल स्कुलकी छात्रा अभिप्सा पौडेल प्रथम, सिद्धार्थ...

बालश्रम लगाउने हेटौंडाका तीन होटल कारवाहीमा

मकवानपुर । बालबालिकालाई निकृष्ट श्रममा लगाउने हेटौंडाका तीन होटल कारवाहीमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्रमा रहेको होटलले बालबालिकालाई निकृष्ट श्रममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन होटललाई कारवाही गरेको हो । कारवाहीमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् । श्रम कार्यालय हेटौंडाका...

कक्षा १२ को वार्षिक परीक्षा सुरु

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। बिहान ८ बजे सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन्। यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका...

हेटौंडामा वृहत उद्यमशीलता प्रदर्शनीको आयोजना हुँदै 

मकवानपुर । हेटौंडामा वृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा –४ को आयोजना तथा टोल विकास नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा यही जेष्ठ ५ गते वृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको हो । टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका...

भारतबाट आएर मिठाइ बेच्नेहरुले कसरी लिए नेपाली नागरिकता ?

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिक गलत विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका रहेका छन् । उनीहरु काठमाडौं उपत्यकाका शंखमुल, गंगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत...

आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको...

भीमफेदीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको...

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

काठमाडौँ । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए...

एमाले सचिव टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी र उनका उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको हो । नक्कली भुटानी...