भीमफेदीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

अखबार हब
२०८० बैशाख २१, बिहीबार १३:३०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अबस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।

मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*