समाचार
बागमती प्रदेशको बेरुजु एक अर्ब पाँच करोड
मकवानपुर । महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले आव २०७८/७९ मा बागमती प्रदेश सरकारको कुल बेरुजु एक अर्ब पाँच करोड ३१ लाख रुपियाँ देखाएको छ। यो रकम लेखापरीक्षण गरिएको रकमको एक दशमलव ३७ प्रतिशत हो । बागमती प्रदेशका २३१ कार्यालयको कुल ७६ अर्ब ९० करोड ४७ लाख रुपियाँको लेखापरीक्षण गरिएकामा पेस्कीबाहेकको...
विकास प्रविधि मैत्री हुनुपर्ने: वडा अध्यक्ष सिग्देल
मकवानपुर । हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले अबकाे विकास प्रविधि मैत्री हुनपर्ने बताउनु भयाे । जीभ करिअर ईष्टिच्युट प्रा.लि.काे आयाेजना, व्यवसायिक सीप विकास तालिम केन्द्र, भैसेपाटी ललितपुरकाे सहयाेग तथा बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालिकाे समन्वयमा सञ्चालित माेवाईल फाेन मर्मत तालिमकाे उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष सिग्देलले...
वडा अध्यक्ष सिग्देलसहितकाे टाेली सचेतना लागि घरदैलाेमा
मकवानपुर । हेटाैँडा ४ का वडा अध्यक्ष नवीन सिग्देलसहितकाे टाेलीले शैक्षिक संस्था क्षेत्र १ सय मिटर वरिपरी मध्यपान र धुम्रपान विक्री वितरण नगर्न हात जाेड्दै अनुराेध गर्दै घरदैलाे गरेकाे छ । श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदाेय मावि, हेटाैँडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविकाे क्षेत्रमा साेमबार सचेतना...
धौलागिरी बेसक्याम्पमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल
म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ । धवलागिरी गाउँपालिका(४ स्थित बेसक्याम्पमा आज बिहान दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारी सुरक्षित रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । उक्त हेलिकप्टरमा पाइलटमात्र सवार थिइन् ।
धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन । उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ तर...
प्रेस चौतारी मकवानपुरको बन्द प्रशिक्षण भीमफेदीको महादेवटारमा
मकवानपुर। नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तरगत प्रेस चौतारी नेपाल मकवानपुर साखाले भीमफेदीको महादेवटारमा विस्तारीत बैठक तथा बन्द प्रशिक्षणको आयोजना गरेको छ । शुक्रबार बाट सरु भएको कार्यक्रम आज सकिएको हो । कार्यक्रमको उद्घाटन् गर्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पार्टीको मिसन ग्रासरुट अभियानलाई सफल बनाउनका लागि...
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडालाई शैक्षिक हबमा रुपान्तरण गर्नुपर्छः प्रिन्सीपल कार्की
हेटौंडा । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडालाई शैक्षिक हबमा रुपान्तरण गर्ने सोचसहित जेनिथ ईन्टरनेशनल सेकेन्डरी स्कुलले सिटिइभिटी अन्तर्गतका ३ कार्यक्रम गर्ने भएको छ । शुक्रबार हेटौंडा-५, पिप्लेस्थित विद्यालयको सभा हलमा पत्रकार सम्मेलन गर्दै सिटिईभिटी कार्यक्रमबारे जानकारी गराउँदै स्कूलका प्रिन्सीपल श्री बहादुर कार्कीले विद्यालयद्वारा तह एकको कमर्शीयल कुकिङ तथा बेकरीको...
कुलेखानीमा डुबेर सुवेदीको मृत्यु
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित कुलेखानी जलाशयमा डुबेर एक जना युवकको मृत्यु भएको छ । मंगलबार दिउँसो डुवेपछि बेपत्ता भएका युवकको बुधबार दिउसो शव फेला परेको छ । काठमाडौं छैमले घर भएका ३३ बर्षे राजकुमार सुवेदी कुलेखानीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । चालकले चलाएको डुङ्गामा सुवेदीले...
सौराहामा हात्तीको सूँड काटियो
चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । ‘काटिएको सूँडको भाग...
सहकारिताबाट नागरिकको आर्थिक समुन्नती : बागमती प्रदेश प्रमुख शर्मा
मकवानपुर । आज सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रमुखले ‘सबैका लागि एक र...









