प्रेस चौतारी मकवानपुरको बन्द प्रशिक्षण भीमफेदीको महादेवटारमा

अखबार हब
२०७९ चैत्र २५, शनिबार १७:४८

मकवानपुर। नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तरगत प्रेस चौतारी नेपाल मकवानपुर साखाले भीमफेदीको महादेवटारमा विस्तारीत बैठक तथा बन्द प्रशिक्षणको आयोजना गरेको छ । शुक्रबार बाट सरु भएको कार्यक्रम आज सकिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पार्टीको मिसन ग्रासरुट अभियानलाई सफल बनाउनका लागि चौतारीले देशभर विभिन्न कार्यक्रम गर्दै आएको बताए । प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एमाले सरकारका पालामा भएका राम्रा र महत्वपूर्ण कामहरुको प्रचार गर्दै अहिले पनि स्थानीय तहमा रहेका एमालेका जनप्रतिनिधीले गरेका महत्वपूर्ण कामको समाचार बाहिर ल्याउनुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव तथा बागमती प्रदेशका इन्चार्ज बिष्णु तारुकेले प्रेस चौतारी नेपाल बागमती प्रदेश अन्तरगतका सबै जिल्लामा धेरैखालका गतिबिधी गरिरहेको र मिसनग्रासरुट अभियानका कार्यक्रमलाई पनि महत्वका साथ काम गरेको जनाए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिब तथा लुम्बिनी प्रदेशका इन्चार्ज प्रदिप आचार्यले आफ्नो प्रदेशमा रहेको सबै जिल्लामा चौतारीका पत्रकार टिक्ने र चौतारीलाई पनि ससत्त ढंगले अगाढी बढाएका उदाहरणहरु पेस गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै एमाले मकवानपुरका सचिव नविन सिग्देलले प्रेस चौतारीमा क्रियाशिल पत्रकारहरु रहेकाले आफ्ना कामसंगै पार्टीले गरेका महत्वपूर्ण गतिबिधीमा पनि संलग्न हुनका लागि आग्रह गरेका छन्। चौतारीका हरेक काममा पार्टीले समन्वय गरेर काम गर्नका लागि तयार रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपसचिव तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकाका प्रत्यक वडामा वर्षैपिच्छे महत्वपूर्ण काम गरेपनि प्रचार प्रसारमा ध्यान नदिएको बताए । आफ्नो दोस्रो कार्यकाल सुरु हुँदा भीमफेदीका धेरै पर्यटकिय क्षेत्र मध्यमा लाटरम्मेश्वर महादेब मन्दिर र त्यस क्षेत्रमा जानका लागि गाउँपालिकाले करिब साढे दुइ करोड रुपैयाँ लगानी गरेको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईं, बागमती प्रदेशका महासचिब प्रकास दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो । प्रेसचौतारीलाई उत्कृष्ट, ससक्त र व्यावसायीक पत्रकारहरुको संस्था बनाउनका लागि पूर्व केन्द्रीय सदस्यहरु, प्रदेशकमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सुझाब दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*