सहकारिताबाट नागरिकको आर्थिक समुन्नती : बागमती प्रदेश प्रमुख शर्मा

अखबार हब
२०७९ चैत्र २०, सोमबार ०९:४५

मकवानपुर । आज सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् ।

२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रमुखले ‘सबैका लागि एक र एकका लागि सबै भन्ने मूल ध्येय लिई सञ्चालित सहकारीमा संलग्न सबैमा यस अवसरमा शुभकामना व्यक्त गरेका हुन ।

प्रदेश प्रमुखको शुभकामना सन्देशमा समुदायमा छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिएकाछन् । शर्माले आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको बताएका छन् । संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास, नियमन तथा प्रबर्धनका कार्यमा जोड दिईएको समेत प्रमुखले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published.


*