बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडालाई शैक्षिक हबमा रुपान्तरण गर्नुपर्छः प्रिन्सीपल कार्की

अखबार हब
२०७९ चैत्र २४, शुक्रबार १८:१९

हेटौंडा । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडालाई शैक्षिक हबमा रुपान्तरण गर्ने सोचसहित जेनिथ ईन्टरनेशनल सेकेन्डरी स्कुलले सिटिइभिटी अन्तर्गतका ३ कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार हेटौंडा-५, पिप्लेस्थित विद्यालयको सभा हलमा पत्रकार सम्मेलन गर्दै सिटिईभिटी कार्यक्रमबारे जानकारी गराउँदै स्कूलका प्रिन्सीपल श्री बहादुर कार्कीले विद्यालयद्वारा तह एकको कमर्शीयल कुकिङ तथा बेकरीको ७ सय ९२ घण्टाको तालिम, ३ सय ९० घण्टाको केयर गिभर तह एक र मन्टेश्वरी-प्रारम्भिक बाल विकास सहजकर्ताको तालिम प्रदान गरिने बताए ।सशुल्कसहित हरेक विषयगत तालिममा ३०/३० जनाले सहभागिता जनाउन सकिने उनले बताए ।

उनका अनुसार उक्त कार्यक्रमहरु विभिन्न संघसंस्थाबाट सञ्चालन गरेपनी मकवानपुरको विद्यालयहरुको हकमा भने पहिलो पटक जेनिथद्वारा तामिल प्रदान गर्न लागिएको हो ।

सिटी कलेजमा हाल वाणिज्य संकाय र विज्ञान संकाय अध्यापन हुँदै आएको तथा थप अंग्रेजी माध्यममा कानुन विषय समेत पठनपाठन सुरु गरिएको कलेजले जानकारी दियो । कलेजले छिट्टै स्वास्थ्यको ल्यावसहित हेल्थ असिस्टेन्टलगायतका विषयहरु पनि पढाउने तयारी रहेको विद्यालयका प्रशाशक सुमन्त सिलवालले बताए ।

कार्यक्रममा विद्यालयकि संस्थापक रमिता पाण्डे, कुकिङ तालिमका प्रशिक्षक जयराम पौडेल, केशव अधिकारी, मन्टेश्वरी तालिमकी प्रशिक्षक विभूति अधिकारी, केयर गिभरकी प्रशिक्षक आरती खड्कालगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम कलेजका वाणिज्य संकायका प्राध्यापक हेमन्त ढुंगेलले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*