समाचार
आन्तरिक मामिला मन्त्रीद्वारा एसईई परीक्षाको अनुगमन
मकवानपुर । आजबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अनुगमन गरेका छन् । हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि दुईवटा परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिएका छन् । मन्त्री श्रेष्ठले...
हुप्र चौर सरसफाइ अभियानमा हेटौंडा– ४
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको कार्यालयले लोकतान्त्रिक चौर (हुप्र) को वृहत सरसफाइ अभियानको थालनी गरेको छ । ‘हाम्रो हुप्र, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ आज एक औपचारिक कार्यक्रमको आयोजना गरि हुप्र सरसफाइ अभियानको थालनी गरिएको हो । वडा कार्यालयको नेतृत्वमा टोल विकास...
चार जना मिटरब्याज पीडित अस्पताल भर्ना
काठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् । १२ दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए । उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेका थिए । जसमध्ये ९ जना थप स्वास्थ्य परीक्षणका लागि...
स्थापना दिवसको अवसरमा हेटौंडामा पत्रकार महासंघको प्रभातफेरी
मकवानपुर। नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । हेटौंडाको स्कुलरोडबाट सुरु भएको र्याली बुद्धचोकमा पुगेर पुन सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष...
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मोटरसाइकलको...
राक्सिराङ्गमा फर्जी बिल मार्फत नदि जन्य पदार्थ निकासी, बेखबर पालिका
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा फर्जी बिलको प्रयोग गरि नदी जन्य पदार्थ निकासी भइरहेको पाइएको छ । पालिकाले टेन्डर मार्फत नदि जन्य पदार्थको उत्खनन तथा निकासी गर्न जिम्मा दिएको गतिशील निर्माण सेवा प्रालिले फर्जी बिलको प्रयोग गरि नदि जन्य पदार्थ निकासी गरिरहेको हो । नदि जन्य पदार्थ उत्खनन तथा...
आज चैती छठ मनाइँदै
जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन...
सामाजिक अभियानको लागि सञ्जाल परिचालन हुने
मकवानपुर । विभिन्न १८ वटा गैरसरकारी संस्थाहरूको प्रतिनिधिहरूको भेलाले सामाजिक अभियान सञ्जाल हेटौँडा – ४ गठन गरिएको छ । संस्थाहरूको भेलाले अध्यक्ष माया लामा, सचिव जेरोम घले र कोषाध्यक्ष कमला सुवेदी रहनु भएको १५ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको संरक्षक ४ नं . वडा अध्यक्ष नवीन सिग्देल,...
मकवानपुरका ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन जारी
मकवानपुर । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पस गरि मकवानपुरका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी रहेको छ । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पससहित मकवानपुरका ७ वटा क्याम्पसमा विहान ८ बजे बाट निर्वाचन सुरु भएको हो । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ । जिल्ला स्थित...
टिपरको ओभरलोड नियन्त्रणमा रास्वपा
मकवानपुर । मकवानपुरका विभिन्न क्षेत्रहरुमा बढ्दै गएको टिपर आतंक रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी आफै स्वयम लागि परेको छ । मकवानपुरमा सञ्चालनमा रहेको सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ(चुन ढुङ्गा) बोक्ने टिपरले क्षमता भन्दा बढी भार बोकी निर्वाद सडकमा गुड्दा समेत नियमनकारी निकाय मौन बस्दा रास्वपाले नियन्त्रणमा तदारुपता देखाएको हो ।...










