मकवानपुरका ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन जारी

अखबार हब
२०७९ चैत्र ५, आईतवार १२:३६

मकवानपुर । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पस गरि मकवानपुरका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी रहेको छ ।

हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पससहित मकवानपुरका ७ वटा क्याम्पसमा विहान ८ बजे बाट निर्वाचन सुरु भएको हो । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।

जिल्ला स्थित हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान जारी रहेको बताइएको छ । पालुङ बहुमुखी क्याम्पसमा भने यस अघि नै सर्वसहमतिबाट स्ववियु नेतृत्व चयन भइसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज देशभर स्ववियु निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*