समाचार
कृषि क्षेत्रमा बजेट न्युन : प्रदेश कृषि मन्त्री पोखरेल
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंशी विकास मन्त्री केशव पोखरेलले सरकारले कृषि क्षेत्रमा छुट्यायको बजेट न्युन रहेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरकारले कृषि क्षेत्रमा छुट्यायको न्युन बजेटमा मन्त्रालयले काम गर्नु परेको बताएका हुन् ।...
‘रैथानेबाली प्रबद्र्धन गर्न प्रतिवद्ध छु’–मन्त्री पोखरेल
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले रैथानेबालीको प्रबद्धन गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । विहिबार कृषि विकास निर्देशनालय हेटौंडाले आयोजना गरेको रैथानेबाली प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरिय गोष्ठीलाई सम्बोधन गर्दै रैथानेबालीको विस्तार र प्रबद्र्धन गर्न प्रतिवद्ध रहेको बताएका हुन् । मन्त्रालयले हालै सार्वजनिक गरेको...
मन्त्री श्रेष्ठद्वारा हेटौँडाको यातायात कार्यालय तथा ट्रायल सेन्टरको अनुगमन
मकवानपुर। बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडामा रहेको यातायात कार्यालय तथा ट्रायल सेन्टरको अनुगमन, निरिक्षण गरेका छन् । बागमती प्रदेशमा सबारी चालक अनुमतिको लागि ७० अंकभार लागु भएपछि मन्त्री श्रेष्ठले बुधबार हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात ब्यवस्था कार्यालय तथा हेटौँडा ११ बागथलीमा रहेको ट्रायल सेन्टरको...
राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउने
मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा सहभागि हुनको लागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौँडा आउने भएकी हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनमा रहेको अस्पतालको नयाँ भवन उद्घाटन राष्ट्रपति भण्डारीद्वारा हुने कार्यक्रम तय भएपछि राष्ट्रपति...
मकवानपुरमा सवारी दुर्घटना, ७ जना घाइते
मकवानपुर। मकवानपुरका दुइ स्थानमा भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । नागस्वतीको भित्रि सडक खण्डमा हरियालि बाट पशुपतीनगर जादै गरेक प्रदेश नम्बर २०३००१ प ५२५८ को मोटरसाइकल र विपरित दिशा बाट आउदै गरेको बा...
बागमतीमा आजबाट ७० अंक ल्याए ट्रायल पास (यस्तो छ नयाँ मापदण्ड)
मकवानपुर । बागमती प्रदेशमा फागुन २ गतेबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ ।आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छ्न । काठमाडौको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट...
यातायात मजदुर र सरकारबीच ५ बुँदे सहमति
काठमाडौं । यातायात मजदुर र सरकार बीच ५ बुँदे सहमति भएको छ । आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलबाट ५ बुँदे सहमति भएको हो । यातायात मजदुर र मन्त्रालय बीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन...
भारतको आसामबाट मकवानपुरकी युवतीको उद्धार
मकवानपुर । भारतको आसामस्थित एक वेश्यालयबाट माइती नेपालले २३ वर्षीय युवतीलाई उद्धार गरेर हेटौंडा ल्याएको छ । २०७४ सालमा काभ्रेका मिलन तामाङले मकवानपुरकी एक युवतीलाई जागिर खुवाउँछु भनेर भारतको दिल्ली लगेर आसामको वेश्यालयमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । ती युवतीलाई माइती नेपाल दिल्लीका सुपरभाइजर सन्तोष सेढाई, माइती नेपाल...
आज जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका...
प्रदेशका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउदै कृषि मन्त्रालय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ । यहि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नि.निर्देशक डा.निशान्त शर्माले जानकारी दिए । आज मन्त्रालयमा...










