समाचार

एकालाल श्रेष्ठ : विद्यार्थी राजनीति देखि यातायात मन्त्री सम्म

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ बागमती प्रदेश सरकारको श्रम,रोजगार तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् । शालिकराम जम्मकट्टेलको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारमा श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् । हेटौंडाका स्थायी बासिन्दा रहेका श्रेष्ठले मकवानपुरमा विद्यार्थी राजनीति सुरु गरेर मन्त्री सम्म बनेका...

मकवानपुरमा दुई वटा शव भेटिए

मकवानपुर। मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको छ । कैलाश गाउँपालिका–६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी–४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका–१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर...

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

मुगु । बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको...

मकवानपुरका तामाङ समुदायले विशेष कार्यक्रम गरी मनाउँदै सोनाम ल्होसार

मकवानपुर। सोनाम ल्होसारका अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा विशेष कार्यक्रम गरी मनाइदै छ । आफ्नै भेषभुषामा सजिएर सांस्कृति कार्यक्रम गरी लोसार मनाइदै छ । ल्होसार पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएका छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व...

मनहरीमा बुहारी एकता समुह गठन

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– १ मा बुहारी एकता समुह गठन गरिएको छ । गाउँमा रहेका महिलाहरुलाई सामाजिक रुपमा एकजुट गराउँने उद्ेश्यका साथ शनिवार अपेक्षा पाठक उप्रेतीको अध्यक्षतामा बुहारी एकता समुह गठन गरिएको हो । समुहको उपाध्यक्षमा रेखा वि.क, सचीव प्रमिसा खनाल, सह–सचीव सानुमाया लो, कोषाध्यक्ष...

मकवानपुरगढीमा राती १० बजे वडा अध्यक्षकै ट्याक्टर समातिएपछि…

मकवानपुर । देशभर नदीजन्य पदार्थ उत्खनन् र ओसारपसारमा रोक लगाइएको बेला मकवानपुरगढीका एक वडा अध्यक्षकै ट्याक्टर रातको समयमा समातिएको छ । मकवानपुरगढीको ५ नम्बर वडाका वडा अध्यक्ष दिपेश दाहालको प्रदेश–२–०३–००१ त ४३ ७२ नम्बरको ट्याक्टर शुक्रबार राती करिब १० बजे ६ नम्बर वडास्थित डुम्रेकुनामा समातिएको हो । स्थानीय युवाहरुले...

शैक्षिकस्तर सुधारमा प्राथमिकता : अध्यक्ष सिग्देल

मकवानपुर । वडाले शैक्षिकस्तर सुधारमा प्राथमिकता दिईएको र गुणस्तरीयताको लागि कार्यक्रम केन्द्रीत गरेको हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताउनु भएको छ । वडा कार्यालयद्वारा आयोजना गरिएको र वडा शैक्षिक गुणस्तर सुधार समितिद्वारा व्यवस्थापन गरिएको एकदिने आधारभूत गणित शिक्षा सहजीकरण कार्यशालाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले...

१९ वर्षीया आमाको रहस्यमय मृत्यु

ओखलढुंगा । लामो समय सम्पर्कहीन भएर माइती आएको एक महिनामै सिद्धिचरण नगरपालिकाकी १९ वर्षीया कल्पना माझीको रहस्यमय मृत्यु भएको छ । उनी ८ महिने छोराकी आमासमेत हुन् । बिहेपछि सम्पर्कमा नआएकी उनी छोरासहित २२ मंसिरमा मूलघाटस्थित माइत आएकी थिइन् । जिल्लाको मिसन अस्पतालमा २१ पुसमा उनको मृत्यु भएको हो । कल्पनाले दुई महिनाअघि...

सुप्रभातका विद्यार्थीलाई रास्वपाको न्यानो कपडा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ स्थित बदेलधापमा रहेको सुप्रभात आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा(स्वीटर) वितरण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा–१४ का सभापति एवम् नाङ्साल मेटल वर्कस् एण्ड कन्स्ट्रसन प्रालिका सञ्चालक जिनबहादुर लोप्चनले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् । आज(विहिवार) विद्यालय परिसरमा एक औपचारीक कार्यक्रमको...

मकवानपुरको चैनपुरका ८१ प्रतिशत सुत्केरी ‘घरमै असुरक्षित’

मकवानपुर । मकवानपुरको चैनपुरमा अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । सुत्केरी व्यथा लागे पनि गाउँका चेपाङ झाँक्री ल्याएर ढ्यांग्रो ठोक्दै झारफुक गर्ने गरिएको छ । राक्सिराङ गाउँपालिका–५ ताङराङकी २६ वर्षीया शर्मिला चेपाङलाई व्यथाले च्यापे पनि स्वास्थ्य संस्था लगिएन । धामीझाँक्री लगाएर घरमै बच्चा जन्माइन् । यो उनको चौथो सन्तान हो । उनले...