सुप्रभातका विद्यार्थीलाई रास्वपाको न्यानो कपडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ स्थित बदेलधापमा रहेको सुप्रभात आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा(स्वीटर) वितरण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा–१४ का सभापति एवम् नाङ्साल मेटल वर्कस् एण्ड कन्स्ट्रसन प्रालिका सञ्चालक जिनबहादुर लोप्चनले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् ।
आज(विहिवार) विद्यालय परिसरमा एक औपचारीक कार्यक्रमको अयोजना गरि लोप्चनले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ८० थान न्यानो कपडा (स्विटर) र ३ थान कार्यालय प्रयोजनको कुर्ची सहयोग गरेका हुन् । पछिल्लो समय देशै भर चिसो बढेसँगै आर्थिक रुपले विपन्न परिवारका बालबालिकाहरु चिसोबाट प्रभावित भइरहेकोले आफुले आफ्नो वडामा रहेको विद्यालयका विद्यार्थी भाइबहिनिहरुलाई न्यानो कपडा वितरण गरिएको लोप्चनले बताए । विद्यालयलाई आवश्यक परेको खण्डमा थप सहयोग र सहकार्य गर्न तत्पर रहेको कार्यक्रमका प्रमुख अतिथि एवम् रास्वपा बागमति प्रदेश कोषाध्यक्ष टाकाराज थापा(सुरेश)ले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा रास्वपा जिल्ला सदस्य नवराज पौडेल, नगर सभापति धुर्व विष्ट,सचिव प्रकास गौतम, र्यापिट याक्सन टिम मकवानपुरका संयोजक राममणि न्यौपाने,र्यापिट सदस्य सपना कँडेललगायतको आतिथ्यता रहेको थियो ।







