समाचार
पालुङ जेसीजको तालिम कार्यक्रम सम्पन्न
मकवानपुर । पालुङ जेसीजको आयोजनामा बिभिन्न तालिमहरु सम्पन्न भएको छ । शनिबार पालुङ जेसीजको सचिवालय र जेसीज हलमा उक्त तालिम संचालन गरिएको हो । जेसीज हलमा नयाँ सदस्यहरु लक्षित गरि प्री इन्डक्सन तालिम र कार्यसमितिका पदाधिकारीहरुलाई ‘लोम अफिसर’ र ‘प्रतिवेदन लेखन’ तालिम सञ्चालन भएको कोषाध्यक्ष माधब कार्कीले जानकारी दिनुभयो...
घर–घरमा सामाजिक सुरक्षा भत्ता वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्तालाई सेवाग्राहीको घरमै पुगेर वितरण गरेको छ । यस अघि बैंक खाता मार्फत वितरण गरिएको सामाजिक सुरक्षा भत्ता बुधबार लाभग्राहीको घरमै पुगेर वितरण गरिएको हो । वृद्धभत्ता र अपाङ्ग भत्ता पोल्टो (थैली) सम्म पुर्याने अभियान चलाइरहेका मनहरीका अभियान्ता...
बागमती प्रदेशका कृषि मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री केशव पोखरेलले ४४ बुंदे प्रतिबद्ध पत्र सार्वजनिक गर्नुभएको छ । मन्त्री पोखरेलले आज प्रदेश राजधानी हेटौंडामा पत्रकार सम्मेलन गरि आफ्नो कार्यकालमा सम्पादन गर्न सकिने कार्यबाहरू, नीति तथा कानून तर्जुमा र कार्यान्वयन बारे जानकारी गराउनु भएको हो । गत ११...
चित्लाङमा १४ कोठे स्वास्थ्य चौकी भवनको शिलान्यास
मकवानपुर । थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरको चित्लाङमा १४ कोठे स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ । थाहा नगरप्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले संयुक्तरूपमा स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको हो । शुक्रबार एक कार्यक्रमबिच थाहा नगरको वडा नम्बर...
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल चलान
धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो। उनलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।...
भूकम्प आउने हल्लाले रातभर जाग्राम
जुम्ला । भूकम्प आउन सक्ने भन्दै गलत हल्ला फैलिएपछि कर्णालीको मुगु, कालिकोट र जुम्लाबासी खुलामैदानमा रातभर जाग्राम बसेका छन् । उनीहरुले आफूलाई आवश्यक पर्ने सामान लिएर कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताएका हुन् । जुम्ला सदरमुकाम खलंगाको चोकचोकमा आगो बालेर सर्वसाधारण बसेका थिए । उनीहरुले कम्बल, महत्त्वपूर्ण सरसामान समेत...
मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गर्न डा.रुइत हेटौंडा आउँदै
मकवानपुर । वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतद्वारा हेटौंडामा निःशुल्क आँखा शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया गरिने भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपाल र लियो जिल्ला परिषद् ३२५ एस नेपालको संयुक्त आयोजना तथा तेज कोहली एण्ड रुइत फाउन्डेसनको सहयोगमा निःशुल्क शिविर तथा शल्यक्रिया कार्यक्रम हुन लागिएको...
मेयर लामाको कार्यकक्षमै पत्रकार सुनारमाथि स्वकीय सचिव विडारीको दुुब्र्यवहार
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाको आदेश भन्दै कार्यकक्षमै स्वकीय सचिव रुपा विडारीले पत्रकार संजिव सुनारमाथि दुुब्र्यवहार गरेकी छिन् । हेटौंडा पिप्लेका युवाहरुको एक समूहले बिहीबार नगर प्रमुख लामासहित उपमेयर लगायतलाई ज्ञापन पत्र बुझाउने क्रममा उनीहरुकै बोलावटमा हेटौंडा उपमहानगरपालिकाको कार्यालय पुगेका सुनारमाथि मेयर लामाको आदेश भन्दै सचिवालयका कर्मचारी...
उपभोक्तासँग ‘सर्भिस चार्ज’ लिने व्यवस्था संविधानविपरीत : सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले श्रम ऐन र नियमावलीमा रहेको सेवा शुल्क (सर्भिस चार्ज) लिन सक्ने व्यवस्था संविधानविपरीत रहेको ठहर गरेको छ । संवैधानिक इजलासले बुधबार फैसला गर्दै श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम नियमावली २०७५ को नियम ८२ लाई अमान्य र बदर घोषित गरेको हो ।...
बागमतीका कृषि मन्त्री पोख्रेलको पहिलो निर्णय : मल ल्याउन सबै उपाय लगाउने
मकवानपुर । बागमती प्रदेशको नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री नेकपा एमालेका केशव प्रसाद पोख्रेलले रासायनिक मल ल्याउन सबै उपाय लगाउने पहिलो निर्णय गरेका छन् । बुधबार मन्त्री पदमा नियुक्त हुँदै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका पोख्रेलले पदभार ग्रहण गर्दै मलको उपलब्धता लगायतका निर्णयमा हस्ताक्षर गरेका हुन् ।...










