यातायात मजदुर र सरकारबीच ५ बुँदे सहमति

अखबार हब
२०७९ फाल्गुन २, मंगलवार १३:१५

काठमाडौं । यातायात मजदुर र सरकार बीच ५ बुँदे सहमति भएको छ । आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलबाट ५ बुँदे सहमति भएको हो ।

यातायात मजदुर र मन्त्रालय बीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन र आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*