चार जना मिटरब्याज पीडित अस्पताल भर्ना

अखबार हब
२०७९ चैत्र १६, बिहीबार १७:१५

काठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् । १२ दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए ।

उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेका थिए । जसमध्ये ९ जना थप स्वास्थ्य परीक्षणका लागि अस्पताल रिफर भएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले बताए ।

‘अस्पताल गएका ९ मध्ये ५ जना फर्कनुभयो’ उनले भने, ‘बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको छ ।’ दाहालकाअनुसार उनीहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*