सरकार र महावीर पुनबीच आज पुनः वार्ता हुने
काठमाडौँ । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । हिजो भएको वार्ता मौखिक रूपमा सहमति नजिक पुगे पनि लिखित रूपमा सहमति हुन सकेको छैन ।
आज साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रवारबाट अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।







