मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली
मकवानपुर । मकवानपुर घर जग्गा व्यवसायी संघको अध्यक्षमा कमल मैनाली चयन भएका छन् ।
शनिबार भएको संघको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनले मैनालीको नेतृत्वमा सर्वसम्मत १३ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा राजकुमार बानियाँ, भीम प्रसाद तिमल्सीना, युवाकर मैनाली, महासचिव शम्भु पुडासैनी, सचिव विजय गौतम, कोषाध्यक्ष कृष्ण प्रसाद चौलागाई, सहकोषध्यक्ष दिपेन्द्र यादव चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा गणेश भ्लोन, गोपाल कृष्ण नेपाल, राजकुमार बास्तोला, राजकुमार थिङ, शंकर राउत चयन भएको निर्वाचन अधिकृत ईश्वर राज ढकालले बताए ।
नयाँ कार्य समितिलाई निवर्तमान अध्यक्ष विष्णुप्रसाद घिमिरे तथा निर्वाचन प्रमुख ढकाल लगाएतले माला खादा लगाएर शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष मैनालीले सबै घर जग्गा व्यवसायीहरुलाई एक जुट बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।







