बहिरा अपाङ्तालाई अधिकारसम्बन्धी अभिमूखीकरण

अखबार हब
२०८० बैशाख १४, बिहीबार १६:५४

मकवानपुर । मकवानपुर बहिरा संघको आयोजनामा बहिरा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ३ दिने क्षमता विकास अभिमुखीकरण तालिम हेटौँडामा शुरू भएको छ ।

हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रमको हेटौँडा ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आथित्यता रहेको थियो भने हेटौँडा उपमहानगरपालिकाकी महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, राष्ट्रिय दोभासे संघका अध्यक्ष दिनेश श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ बाग्मती प्रदेश सहसचिव शारदा पौडेल, राष्ट्रिय बहिरा महासंघ, गण्डकी प्रदेश अध्यक्ष विकास घिमिरे नेत्रहिन संघका उपाध्यक्ष दिलबहादुर सुनारलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम मकवानपुर बहिरा संघका अध्यक्ष दुर्गा बाँनियाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*