समाचार

ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राधिकरणलाई मन्त्री श्रेष्ठको आग्रह

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले नेपाल दुरसञ्चार प्राधिकरणको सेवा ग्रामिण भेगमा विस्तार गर्नु पर्ने बताएका छन् । नेपाल दुसञ्चार प्राधिकरणले शनिवार हेटौंडामा आयोजना गरेको दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो...

बागमती प्रदेशका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु

मकवानपुर । बागमती प्रदेशमा प्रदेश लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण (पिआईएस) राख्ने कार्यको शुरुवात भएको छ । बिहिबार मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश तहमा नियुक्त ९ जना कर्मचारीहरूलाई पिआईएस वितरणको एकप्रति सम्बन्धित कर्मचारीलाई हस्तान्तरण गरेर पीआईएस राख्ने कार्यको शुरुवात गरेका हुन्। नेपालको संविधान अनुसार स्थापित प्रदेश र प्रदेशभित्रका स्थानीय...

बागमती सरकारको बजेट आज

मकवानपुर। बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गर्दैछ । बजेट दिउँसो ३ बजे प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा प्रस्तुत गर्नेछन् । दिउँसो मन्त्रिपरिषद् बैठकले बजेटका बारेमा निर्णय गरेलगतै बजेट प्रस्तुत गर्न लागिएको हो । मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व...

हेटौंडाको रातोमाटेबाट अबैध कपडा बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१५ रातोमाटेबाट अबैध कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा एकसय थान साडी र छसय थान सल बरामद गरिएको हो । प्रहरीका अनुसार कपडाको मूल्य करिब...

मकवानपुर प्रहरीले गर्यो ५४ लाखको सुन बरामद

मकवानपुर । हेटौंडा– १५ रातोमाटे बाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अबैध सुनसहित एक जना युवालाई नियन्त्रणमा लिएको छ । आज विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रातोमाटे चेकपोष्टमा याक्रुबाहक बसमा सवारको चेकजाँच गर्ने...

मनहरीमा सीप सिकेका महिलालाई सिलाई मेशिन हस्तान्तरण

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा ४५ दिने एडभान्स सिलाई कटाई सीप सिकेका महिलाहरूलाई मंगलबार सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान गरेको छ । महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख २५ गतेबाट मनहरी बजारमा भएको ४५ दिने एडभान्स तालिम समापन कार्यक्रमपश्चात् सीप...

हेटौंडामा २ दिने युवा सम्मेलन हुने

मकवानपुर । बागमती प्रदेशको सदरमुकाम हेटौंडामा प्रथम युवा सम्मेदन हुने भएको छ । प्रदेश युवा परिषद्ले आगामी ११ र १२ असारमा हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो । यसको लागि परिषदको कार्यालयमा सचिवालयको स्थापना समेत गरिसकिएको छ । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता...

पूर्व विद्यार्थीको समुहले गरे जनप्रियमा खानेपानीको फिल्टर सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनप्रिय माविका पूर्व विद्यार्थीहरुको समुहले विद्यालयलाई खानेपानी फिल्टर सहयोग गरेका छन् । २०६८ का एसएलसी समूहका विद्यार्थीहरुले आइतवार विद्यालयलाई ६ थान खानेपानी फिल्टर मेसिन हस्तान्तरण गरेका हुन् । विद्यार्थी समुहका संयोजक रुपक विकको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का...

प्रेस चौतारी मकवानपुरको साधारणसभा, दुई जना सञ्चारकर्मी पुरस्कृत

मकवानपुर । प्रेस चौतारी नेपाल, मकवानपुर शाखाको साधारणसभा सम्पन्न भएको छ । शनिवार हेटौंडामा भएको साधारण सभामा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले सरकारको कामले प्रदेशको औचित्य माथि नै प्रश्न खडा भएको बताएका छन् । अहिलेको सरकार मन्त्रालय टुक्रायर भागबन्डा लगाउनमै व्यस्त रहेकोले जनताको आवश्यकतामा बेखबर बनेको आरोप...

असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक : अटेरी गरे कारबाही हुने

काठमाडौँ । सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि...