प्रेस चौतारी मकवानपुरको साधारणसभा, दुई जना सञ्चारकर्मी पुरस्कृत

अखबार हब
२०८० जेष्ठ २७, शनिबार १७:१९

मकवानपुर । प्रेस चौतारी नेपाल, मकवानपुर शाखाको साधारणसभा सम्पन्न भएको छ ।

शनिवार हेटौंडामा भएको साधारण सभामा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले सरकारको कामले प्रदेशको औचित्य माथि नै प्रश्न खडा भएको बताएका छन् । अहिलेको सरकार मन्त्रालय टुक्रायर भागबन्डा लगाउनमै व्यस्त रहेकोले जनताको आवश्यकतामा बेखबर बनेको आरोप लगाएका छन् । प्रदेशका ८ वटा मन्त्रालयलाई बढाएर १८ वटा बनाएर सरकारले देशलाई थप आर्थिक भार थपेको बताए । बिगत २ वर्ष देखिको सरकारको कामले प्रदेशको औचित्य पुष्टि गर्न नसकेको उनको भनाई छ ।

साधारणसभाले कार्यसमितिमा रिक्त रहेको महिला उपाध्यक्षमा सुनिता विष्ट र समावेशी सहसचिवमा मनिता रानालाई चयन गरेको छ । यसअघिको अधिवेशनबाट महिला उपाध्यक्षमा सम्झना रिजाल र समावेशी सहसचिवमा दीपक सिं रुम्बा निर्वाचित भएका थिए । तर, विविध कारण उनीहरु सञ्चार क्षेत्रमा निष्क्रिय रहेको हुँदा संगठनको गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले विष्ट र रानालाई उक्त पदहरुमा चयन गरिएको प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए । कार्यसमितिको सदस्यहरुमा अशोक बजगाईं, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेतलाई चयर गरेको छ ।

प्रेस चौतारी मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणी पौडलको प्रमुख आतिथ्यता र प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको विशिष्ट आतिथ्यतामा भएको साधारणसभा कार्यक्रममा नेकपा(एमाले) मकवानपुरका सचीव नविन सिग्देलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रेस चौतारीका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, मकवानपुर शाखा अध्यक्ष मणिराज गौतम, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारी, प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायत सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

दुई सञ्चारकर्मी पुरस्कृत
चौतारीले साधारणसभाको अवसरमा प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कारबाट उज्वल अधिकारी र सिर्जनशिल पत्रकारिता पुरस्कारबाट निशा गुरुङलाई पुरस्कृत गरेको छ ।

प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कारको स्थापना ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का वरिष्ठ उपाध्यक्ष उज्जवल चौलागाईंले आफ्ना स्वर्गीय पिताको स्मृतिमा गरेका हुन्, भने सिर्जनशिल पत्रकारिता पुरस्कार प्रेस चौतारी मकवानपुरले स्थापना गरेको हो । उनीहरुले क्रमशः नगद ५ हजार ५ सय ५५ र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*