बागमती सरकारको बजेट आज

अखबार हब
२०८० असार १, शुक्रबार ०८:३२

मकवानपुर। बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गर्दैछ । बजेट दिउँसो ३ बजे प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा प्रस्तुत गर्नेछन् । दिउँसो मन्त्रिपरिषद् बैठकले बजेटका बारेमा निर्णय गरेलगतै बजेट प्रस्तुत गर्न लागिएको हो ।

मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेश सभा बैठकको सम्भावित कार्यसूची तय भएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ ।

प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्य गरी राजस्व सङ्कलन हुने मालपोत र सवारी करमा ह्रास आउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेशको राजस्व सङ्कलनमा कमीसँगै सङ्घबाट प्राप्त हुने अनुदान घट्ने भएसँगै आगामी आवको बजेटको आकारसमेत घट्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*