समाचार

४४ जनाले गरे रक्तदान

मकवानपुर । ४४ जनाले रक्तदान गरेका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको बार्षिकोत्सवको अवसरमा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका हुन् । हेटौँडाको बुद्धचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको थियो । असार महिनामा यो तेस्रो पटकको रक्तदान कार्यक्रम हो । नियमित रक्तदान...

प्रदेश सरकारको लापरवाही : हेटौँडामा हुँदै नभएको वडामा बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले बजेट निमार्णमा गम्भीर लापरवाही गरेको छ । १९ वडा मात्रै रहेको हेटौंडा उपमहानगरपालिकामा त्यस बाहेकका वडा थपेर बजेट बिनियोजन गरेको हो । १९ वटा मध्ये १, ३, १४, १५, १६, १७, १८ र १९ नम्बर वडाका अधिकांश क्षेत्र विकट छन् । सुगम र विकट...

विपद् प्रभावित किसानलाई कृषि मन्त्रालयको ५४ लाख क्षतिपूति

मकवानपुर । प्राकृतिक र गैरप्राकृतिक विपद्बाट क्षति भएका कृषकलाई बागमती प्रदेश सरकारले क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विपदबाट असर परेका कृषकहरुलाई ५४ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको हो । मन्त्रालयले पहिलो चरणमा काभ्रे जिल्लाका...

सामुदायिक सेवा केन्द्र मकवानपुरले गर्यो पत्रकारलाई सम्मान

मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले ४ जना पत्रकारलाई सम्मान गरेको छ । आइतबार केन्द्रले पत्रकारहरु प्रकाश दाहाल, विश्वराम अधिकारी, श्रीराम अर्जुन र प्रबेश धिताल कुन्दनलाई संस्थाको उद्देश्य प्राप्तिको लागि समाजसेवाको भावनाबाट प्रेरित भइ पत्रकारिता मार्फत समाज सुधारको क्षेत्रमा कलम चलाएको भन्दै सम्मान...

रास्वपाको मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । पार्टी स्थापना भएको पहिलो वर्षको अवसरमा केन्द्रीय निर्देशन बमोजिम साताव्यापी कार्यक्रमको आयोजना गरेको हो । साताव्यापी कार्यक्रम अन्तर्गत आज पार्टीले हेटौंडा अस्पताल परिसर सरसफाइ गरेको छ । करिब एक सय जनाको समुहले अस्पताल परिसर...

हेटौंडामा डेट करोडको कपडा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले १ करोड ५० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरकी इन्चार्ज बरिष्ठ प्रहरी निरीक्षक मञ्जु कुमारी रानाको नेतृत्वमा खटिएको टोलीले आइतबार प्याजलोड भएको भारतीय ट्रकबाट ९० बोरा अबैध कपडा सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रक चालक...

दन्त शिविरमा १ सय ७७ जनाले लिए सेवा

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा एक दिने निःशुल्क दन्त शिविरको गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आयोजना तथा ओम चावहिल डेण्टल हस्पिटल चावहिल र कोटेश्वर शाखा काठमाण्डौंको प्राबिधिक सहयोग थाहा नगरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा शिबिरको आयोजना गरिएको हो । शिबिरमा १ सय ७७ जनाको दाँतको...

उपभोक्ता मञ्च नेपालको अध्यक्षमा थापा

मकवानपुर । उपभोक्ता मञ्च नेपालको केन्द्रिय अध्यक्षमा आनन्द थापा चयन भएका छन् । ‘जागौं उपभोक्ता लागौं’ भन्ने नाराका साथ शनिबार हेटौंडामा आयोजित महाधिवेशनले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । महाधिवेशनले थापाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय कार्य समिती निर्विरोध चयन गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक, भवानी प्रसाद ढकालको...

उपभोक्ता मन्च मकवानपुरको अध्यक्षमा अधिकारी

मकवानपुर । उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल,...

हेटौंडा –४ को निःशुल्क स्वास्थ शिविर

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले प्राथमिकताका...