उपभोक्ता मञ्च नेपालको अध्यक्षमा थापा

अखबार हब
२०८० असार २, शनिबार २०:३६

मकवानपुर । उपभोक्ता मञ्च नेपालको केन्द्रिय अध्यक्षमा आनन्द थापा चयन भएका छन् ।

‘जागौं उपभोक्ता लागौं’ भन्ने नाराका साथ शनिबार हेटौंडामा आयोजित महाधिवेशनले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । महाधिवेशनले थापाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय कार्य समिती निर्विरोध चयन गरेको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक, भवानी प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, शिक्षा विद देव प्रसाद श्रेष्ठ प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपभोक्ता मञ्चका ५४ जिल्लाका प्रतिनिधी हरुको उपस्थीति रहेको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्री भवानी प्रसाद ढकाल, उपाध्यक्षमा कुमार पौडेल, विमल ठाकुर, धुबराज चालिसे, उमाशंकर खडका चयन भएका छन् । त्यस्तै समितिको महासचिवमा शत्रुधन प्रसाद देव, सचिवमा कृष्ण प्रसाद अर्याल, शम्भु शाह, कोषाध्यक्ष डिल्लीराम ढकाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा ऋषिराज गौतम, खडग बहादुर विष्ट, राज कुमार केसी, माधव नेपाल, विनम कुमार श्रेष्ठ, केशव श्रेष्ठ, शैलेश शर्मा, कपिला जोशी, विजेन्द्र अग्रवाल, सम्झना पौडेल अधिकारी र सन्तोष न्यौपाने चयन भएका छन् ।

महाधिवेशनले उपाध्यक्ष ४ वटा प्रदेशको संयोजक समेत चयन गरेको छ । केन्द्रिय उपाध्य प्रदेश समितिको संयोजक हुने विधानत प्रावधान रहेकोले सोही अनुसार केन्द्रिय कार्य समितीका ४ उपाध्यक्षलाई प्रदेशको संयोजक चयन गरिएको छ । जस अनुसार उपाध्यक्ष कुमार पौडेललाई बागमती प्रदेश संयोजक, विमल ठाकुरलाई मधेश प्रदेश संयोजक, धुबराज चालिसेलाई गण्डकी प्रदेश संयोजक र उमाशंकर खडकालाई लुम्बीनी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा उपभोक्ता मञ्च नेपाल केन्द्रिय महाधिवेशन हेटौडा घोषणापत्र–२०८० जारी गरिएको छ । उक्त घोषणा पत्रमा उपभोक्ता हित सम्बन्धी ८ बुँदे समावश गरिएको छ । घोषणा पत्र अनुसार उपभोक्ता वर्गको हकहित संरक्षण गर्ने अभिप्रायले निर्माण भएका निति नियम र कानूनहरु अपारदर्शी र अपरिपक्व सावित भई मूल्यवृद्धि आकासिनुको साथै आम उपभोक्ता नितिगत रूपमा ठगिएको परिप्रेक्ष्यमा मौजुदा उपभोक्ता अधिकार सम्बन्धी नियम, कानून र नियमनकारी निकाय सम्बन्धी व्यवस्था उपभोक्तावादी संघ संस्थाको सहकार्यमा थप संशोधन र व्याख्या हुनु समय सापेक्ष देखिएको भन्दै सरकारलाई ध्यानकर्षण गरिएको छ ।

स्वदेशमा उत्पादित वस्तुहरुबाट आत्मनिर्भर भएको बहानामा आम उपभोक्ता बढी मूल्य तिरी उपभोग्य वस्तुहरु उपभोग गर्न वाध्य भएको अवस्था प्रति ध्यानाकर्षण गराउने, उपभोक्ता हकहितको निम्ति अनुगमन र कारवाहीको सतही परिभाषाका कारण न त साना व्यापारी नै खुशी छन्, न त उपभोक्ताले गुणस्तरीय र विश्वसनिय सेवा तथा वस्तु उपभोग गर्न पाएका छन् ।

यसको निराकरणको निम्ति मुहान सफा गर्ने उद्देश्य सहित उत्पादकले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाई म पनि उपभोक्ता नै हु भन्ने भावना अभिप्रेरित गर्न गराउन ठोस निति अवलम्बन गर्न सरकारलाई अनुरोध गर्ने, मूल्य अभिवृद्धि कर लागु भए पश्चात आम उपभोक्ता तथा व्यापारीलाई मूल्यवृद्धि हुने आशा सहित झन्झटिलो एकाउन्ट सिष्टम र तजविजी कर निर्धारण प्रणालिलाई वैज्ञानिकरण गर्दै उत्पादक तथा व्यापारीलाई लागेको मूल्य अभिवृद्धि कर आम उपभोक्ताबाट असूल उपर गर्ने प्रावधान र परिपाटीको विरोध गर्दै वैज्ञानिक, व्यावहारिक र सरल कर प्रणालि अवलम्बनको निम्ति अत्यावश्यक वस्तु र सेवामा मूल्य अभिवृद्धि कर व्यवहारीकरणको माग गर्ने, अनुगमन नियमनको सिलसिलामा हुने ठूलो धनराशीको खर्च उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रममा सदुपयोग गरी सचेत उपभोक्ता अभिवृद्धिको निम्ति केन्द्रदेखि स्थानीय तहसम्म नियमित अनिवार्य बजेट विनियोजन गरी आम उपभोक्ता सचेत बनाउन प्रभावकारी नीतिगत निर्णयको लागि सम्बन्धित निकायसँग माग गर्दै उपभोक्ता हक हित संरक्षणको निम्ति उपभोक्ता मञ्च नेपाल सदैव दत्तचित्त, क्रियाशिल र पहरेदारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्ने, ऐन नियमावली पारित भएको वर्षों वितिसक्दा समेत उपभोक्ता अदालतको स्थापना नगरी आम उपभोक्ताको हक हित संरक्षण तथा सम्बर्धन गर्न नेपाल सरकार चुकी रहेको अवस्थामा यथाशिघ्र उपभोक्ता अदालतको स्थापना गरी कार्य अगाडि बढाई निरन्तरताको लागि ध्यानाकर्षण गराउने, महत्वपूर्ण विषयको पहिचान गरेर सम्बन्धीत विज्ञ साहित्को उपसमिटी बनाई सचेतनाका लागी विविध कार्यहरु संचालन गर्न सम्बन्धीत निकायमा पत्राचार गर्ने घोषणा पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*