सामुदायिक सेवा केन्द्र मकवानपुरले गर्यो पत्रकारलाई सम्मान

अखबार हब
२०८० असार ३, आईतवार २०:२७

मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले ४ जना पत्रकारलाई सम्मान गरेको छ ।

आइतबार केन्द्रले पत्रकारहरु प्रकाश दाहाल, विश्वराम अधिकारी, श्रीराम अर्जुन र प्रबेश धिताल कुन्दनलाई संस्थाको उद्देश्य प्राप्तिको लागि समाजसेवाको भावनाबाट प्रेरित भइ पत्रकारिता मार्फत समाज सुधारको क्षेत्रमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।

केन्द्रले पत्रकारहरुसँगै विभिन्न विधामा सम्मान तथा आजिवन सदस्यता वितरणसमेत गरेको थियो ।

जसमा स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्ण मोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समीक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मानित भएकी थिइन् भने संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराँते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्च लगायत तीस जनालाई सम्मान गरिएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा हेटौंडा–९ को प्रगति माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यबहाक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साइबर अपराध, लागु औषध सम्बन्धी सचेतना तथा आजीवन सदस्यता वितरण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*