४४ जनाले गरे रक्तदान

अखबार हब
२०८० असार ५, मंगलवार १७:१५

मकवानपुर । ४४ जनाले रक्तदान गरेका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको बार्षिकोत्सवको अवसरमा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका हुन् ।

हेटौँडाको बुद्धचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको थियो । असार महिनामा यो तेस्रो पटकको रक्तदान कार्यक्रम हो ।

नियमित रक्तदान कार्यक्रम भइरहेकोले रगतको मागअनुसार वितरण गर्न सहज रहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*