समाचार

पालिकालाई भ्रष्टाचारमुक्त बनाउने कालाखेतीको प्रतिवद्धता

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भ्रष्टाचारमुक्त पालिका बनाउन प्रतिवद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना तथा गाउँपालिकाको समन्वयमा विहिबार पालिकामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार र अनियमितताप्रति आफू निकै सचेत रहेका र गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाइने प्रतिवद्धता जनाएका हुन । अध्यक्ष कालाखेतीले...

एकताको शुत्रमा बाँधी राख्न पर्वबाट प्रेरणा : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद (इद उल अजाह)को सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, ‘रमजान पर्वको ७० औं दिनमा मनाइने यस पर्वको सन्दर्भमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली...

हेटौंडा अस्पताललाई रोटरीद्वारा ८८ लाखको मेसिन सहयोग

मकवानपुर । हेटौंडामा मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले रोटरी क्लब अफ मकवानपुरले करिब एक करोड रुपैयाँ बराबरको मेसिन सहयोग गरेको छ । मुटु सम्बन्धी समस्याको उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गर्न हेटौंडा अस्पतालका लागि विभिन्न सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । रोटरी क्लब...

अपांग महासंघ बागमती प्रदेशद्वारा बजेटको विरोध

मकवानपुर । राष्ट्रिय अपांग महासंघले बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको विरोध गरेको छ । राष्ट्रिय अपांग महासंघ वागमतीले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बजेटको विरोध गरेको हो । महासंघ प्रदेश अध्यक्ष अश्विन लम्सालले सामाजिक विकास मन्त्रालयअन्तर्गत् समावेश भएका योजनाले अपांगता भएकाहरुको उत्थान हुन...

हेटौंडामा उत्पादित माछाको भूरा भारत निर्यात

मकवानपुर। मकवानपुको हेटौंडामा उत्पादित विभिन्न विकासे जातका माछाका भूरा भारतमा निर्यात भइरहको छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भूरा लाने गरेको प्राकृतिक जलाशय मत्स्य प्रर्वर्धन एवम् संरक्षण केन्द्रको कार्यालय हेटौडाले जनाएको छ । भारतीय किसानले बारा, पर्सा र रौतहटका किसान मार्फत राम्रो नश्लका सो भूरा लाने गरेको...

माध्यामिक तहका विद्यार्थीलाई पालुङ जेसीसको प्रशिक्षण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका अन्तरगत माध्यामिक तह अध्ययनरत विद्यार्थीलाई पालङ जेसीसले जीवन उपयोगी सिप र अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मंगलबार जनकल्याण मावि थाहा नगरको सहकार्यमा जेसीस हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनकल्याण मावि पालुङ, पालुङ मोर्डन ईङ्लिस...

हेटौंडामा दुई दिने प्रदेशस्तरीय ‘नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ हुँदै

मकवानपुर । बागमती प्रदेशमा प्रथम नवप्रवर्तन उद्यमी विकास सम्मेलन आयोजना हुने भएको छ । उक्त सम्मेलन बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुन लागेको हो । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल घरेलु तथा साना उद्योग...

पशुपतिमा जलहरी विवाद : अख्तियारले जोख्दा आधा केजी कम भेटियो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ । आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो । अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ । सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका...

पालुङ जेसीजको लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम

मकवानपुर । पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार लागुपदार्थ ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा जेसीजले सचेतना कार्यक्रमको आयोजना गरेको हो । सचेतना कार्यक्रम जनकल्याण माबि पालुङका कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको पालुङ...

पत्रकार विनोद चौलागाईं सम्मानित

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार विनोद चौलागाईंसहित ४ जनालाई सम्मानित गरेको छ । गाउँपालिकाले कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, पत्रकारतर्फ चौलागाईं तथा चेलीसम्मानतर्फ सुनिता मुक्तान र रमिला ढकाललाई सम्मान गरेका हुन् । आइतबार कालिकाटरमा भएको गाउँसभाको १२ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल...