समाचार
मकवानपुरगढी ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । यससँगै मकवानपुगढी ४ पालिकामानै पहिलो संस्थागत सुत्केरी हुने वडा बनेको छ । आईतवार पालिका अध्यक्ष दोर्जे लामा स्याङतानले एक औपचारिक कार्यक्रमका बिच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । अध्यक्ष स्याङतानले...
हेटौंडामा सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने भएको छ । शनिबार हेटौंडामा भएको उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक वर्षबाट नगरको सीमाभित्र सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सूर्तीजन्य पदार्थ विक्रीवितरणमा रोक लगाउने निर्णय भएपनि कार्यान्वयका लागि...
हेटौंडाको सडक विस्तार गर्न जनप्रतिनिधि सहमत
मकवानपुर । लामो समयदेखि चर्चामा रहँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारका गर्न हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सहमत भएका छन् । एसियाली विकास बैंकको लगानीमा विस्तार तथा निर्माण हुने पूर्वपश्चिम राजमार्जको हेटौंडा बजार क्षेत्रका लामो सयमदेखि विवाद रहँदै आएको थियो । विवादका कारण अदालतसम्म पुगेका हेटौंडा बजार क्षेत्रका बासिन्दालाई २५...
हाँडीखोलामा भेटियो ३३ केजीको अजिंगर
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको हाँडीखोलामा पछिल्लो समय दैनिकजसो अजिंगर फेला पर्न थालेपछि स्थानीय त्रसित भएका छन् । मनहरी गाउँपालिका–३ स्थित लामिटारस्थित वनमा ३३ केजीको र धान खेतमा ८ केजीको अजिंगर फेला परेपछि स्थानीय त्रसित भएका हुन् । वनमा बोका मारेको अवस्थामा शुक्रबार र खेतमा बसिरहेको अवस्थामा विहीबार...
हेटौंडा बस दुर्घटना : घाइतेको पहिचान खुल्यो (नामावलीसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा बस दुर्घटना हुँदा घाइते भएका ५२ जनाको पहिचान खुलेको छ । घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । केही भने अस्पतारबाट डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार गम्भीर घाइते भएका...
मकवानपुरमा ६ महिनामा १५ बालिका बलात्कृत
मकवानपुर । मकवानपुमा गत ६ महिनामा १५ जना बालिका बलात्कृत भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) मकवानपुरले आज हेटौंडामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध बार्षिक पूर्व समीक्षा कार्यक्रममा सो विषयको जानकारी गराएको हो । बाल अधिकारका घटनामा १८ जना बालिका पीडित भएकोमा १५...
कोशिसको मानसिक स्वास्थ्यबारे अभिमुखीकरण
मकवानपुर । मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिस) ले स्व –हेरचाह सम्बन्धी अभिमुखीकरण गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित आकासेधारामा कोशिसले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मानसिक स्वास्थ्यको उपचार गरि फर्किएका परिवारका सदस्यहरु तथा कारागारका कैदीबन्दीहरु, सेफ हाउस, अनाथ बालगृह, बालमन्दिर, न्यायिक समिति, वडा...
पहिरोको कारण हेटौंडा हुँदै काठमाडौँ जाने दुई सडक अवरुद्ध
मकवानपुर । अविरल वर्षाको कारण हेटौंडा हुँदै काठमाडौं जाने दुई वटा सडक अवरुद्ध भएको छ । हेटौंडा हुँदै काठमाडौं जोड्ने कान्तिलोपथ पहिरोको कारण अवरुद्ध भएको छ । ललितपुरको भट्टेडाँडास्थित पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट...
धानको परनिर्भरता हटाउँन उत्पादन बढाउँनुपर्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योदान रहँदै आएको बताउनुभएको छ । विहीबार मनाइँदै गरिएको २० औं राष्ट्रिय धान दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने बताउँदै...
एष्ट्रोनोभा फाउण्डेशनले हेटौंडामा रोबटिक्स कार्यशाला गर्ने
मकवानपुर । एष्ट्रोनोभा फाउण्डेसन नेपालले हेटौंडामा रोबटिक्स र अटोमेसन कार्यशाला गर्ने भएको छ । फाउण्डेशनले विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी ९ दिने निशुल्क प्रशिक्षार्थी प्रशिक्षण कार्यशाला आयोजना गर्न लागेको हो । १८ असार बाट सुरु हुने कार्यशाला २६ गतेसम्म सञ्चालन हुने फाउन्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए । सो...










