समाचार

राप्ती खोलामा डुबेर एक युवकको मृत्यु, एक साताबाट हराइरहेकी महिला मृत फेला

मकवानपुर । हेटौंडामा खोलामा डुरेर र एक साताबाट हराइरहेकी महिला गरि दुवै जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोलामा डुुबेर एक युवको मृत्यु भएको छ भने असार २५ गते देखी हराएकी हेटौंडा–१३ बुद्धचोककी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खोलामा डुबेर...

हेटौंडा उपमहानगरले सुरु गर्यो सुर्तिजन्य पदार्थको अनुगमन, एक होटल कारवाहीमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । उपमहानगरको १३ औं नगरसभाको दोश्रो बैठकले नगरक्षेत्रमा सुर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप अभियान सुरु गरीएको हो । मंगलबार उपमहानगरका उपप्रमुख तथा बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा बसेको बैठकले...

मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको १३ बिगा जग्गा अतिक्रमण 

मकवानपुर । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको खुलेको छ । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडा –५ को नाममा रहेको ४९ हेक्टर जग्गा मध्य १३ बिगा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको हो । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले आफ्नो...

प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन् । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । साथै उनले आव ०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम...

सडक डिभिजन कार्यालय हेटौंडामा निमार्ण व्यवसायीको धर्ना

मकवानपुर । निमार्ण कार्य सम्पन्न हुदाँसमेत भुक्तानी रोकेको भन्दै निमार्ण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडा परिषरमा विरोध प्रदर्शन गरेका छन् । आइतवार बारा, पर्सा र मकवानपुरका निमार्ण व्यवसायीहरुले काम सम्पन्न हुदाँ समेत विभिन्न बाहानामा भौतिक मन्त्रालय मातहतको कार्यालयले भुक्तानी रोकेको भन्दै सडक डिभिजन कार्यालय परिषरमा विरोध स्वरुप धर्ना बसेका...

लायन्स क्लब मकवानपुर हेल्प्डेस्कको वृक्षरोपण

मकवानपुर । ‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने नाराकासाथ लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा हेटौंडा– ८ मा रहेको राजपानी पार्कमा वृक्षारोपण गरिएको छ । शनिबार स्थानीय राजापानी टोल बिकास संस्थासंगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको लायन्स क्लब मकवानपुर हेल्पडेस्कका बर्ष कार्यक्रम संयोजक प्रबेशराज बरुवालले बताए ।...

दुर्गा प्रसाईंले पत्रकारलाई दिए ज्यान मार्ने धम्की, महासंघको आपत्ति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्य समेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६ः५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले...

मनहरी गाउँपालिकामा १९ जना प्रध्यानाध्यापकको सामूहिक राजीनामा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको ऐन, नियम विपरित प्रअ सरुवा गर्न लागेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् । अध्यक्ष...

शिक्षक माथि मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको अनावश्यक ‘टचर’

मकवानपुर । तीन दशक शिक्षण पेसमा सक्रिय रहेका मनहरी गाउँपालिका वडा नम्बर–१ चकरीका नवराज डोटेल यति बेला पेशा नै छाड्ने मनसायमा छन् । मनहरी गाउँपालिका वडा नम्बर– १ चकरीको प्राथामिक विद्यालय जुल विद्यालयमा उनले आफ्नो जिवनको एक उर्जावान समय बिताएका छन् । करिब ८६ जना विद्यार्थी अध्ययन गर्ने विद्यालयका...

बाल जागृतीमा युवा रेडक्रस सर्कल पुनर्गठन

मकवानपुर । बाल जागृती इङलिस सेकेन्डरी स्कुल, हेटौंडा–२ मा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा तथा बाल जागृती इङलिस सेकेन्डरी स्कुलका प्रीन्सिपल बिनोद सुबेदीको अध्यक्षमा भएकोे...