समाचार
हेटौंडाको भेटेरिनरी अस्पतालका डा.कोईरालाको बदमासी : भ्रमण पञ्जाबको भत्ता काठमाडौंको
मकवानपुर । हेटौंडाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यररत डाक्टर आभास कोईरालाले जाँदै नगएको स्थानको भ्रमण देखाएर राज्यकोषबाट रकम लिएका छन् । डाक्टर कोईरालाले गत २०७९ फागुन २१ गतेदेखि २५ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानको भ्रमण गरेको रिपोर्ट कार्यालयमा बुझाएका छन् । तर सो मितिमा...
मनहरी–३ का वडा अध्यक्ष अर्यालद्वारा कार्यालय भित्रै कार्की माथी हातपात
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नै वडा कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन् । वडा अध्यक्षले कार्यालयमा स्थानीय १७ वर्षिय प्रशान्त कार्कीलाई कुटपीट गरेका हुन् । कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपीट गर्दा छेक्न आउने क्रममा वडा अध्यक्षले कुटपिट गरेको...
गुट्खाजन्य पदार्थ निषेध गर्न मनहरी गाउँपालिकाको चेतावनी
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले गुट्खाजन्य पदार्थ निषेध गर्न चेतावनी दिएको छ । सोमवार एक सूचना जारि गर्दै पालिकाले गुट्खाजन्य पदार्थको विक्री वितरण नगर्न श्रावण १५ गतेसम्मको चेतावनी दिएको हो। श्रावण १५ गते सम्ममा गुट्खाजन्य पदार्थको मौज्दात शुन्य गराउन व्यवसायीहरुलाई सुचना मार्फात आग्रह गरेको छ । बढ्दो रुपमा...
ओम वृद्धाश्रममा इन्जिनियर्स एसोसिएसनको सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– २ मा रहेको ओम वृद्धाश्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले हस्पिटल बेड सहयोग गरेको छ । ६१ औं इन्जिनियर दिवसको अवसरमा एसोसिएसनले मंगलबार (आज) आश्रमलाई एक थान हस्पिटल बेड र एक दिनको खाना सहयोग गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आश्रममा सहयोग...
राप्ती खोलामा डुबेर एक युवकको मृत्यु, एक साताबाट हराइरहेकी महिला मृत फेला
मकवानपुर । हेटौंडामा खोलामा डुरेर र एक साताबाट हराइरहेकी महिला गरि दुवै जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोलामा डुुबेर एक युवको मृत्यु भएको छ भने असार २५ गते देखी हराएकी हेटौंडा–१३ बुद्धचोककी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खोलामा डुबेर...
हेटौंडा उपमहानगरले सुरु गर्यो सुर्तिजन्य पदार्थको अनुगमन, एक होटल कारवाहीमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । उपमहानगरको १३ औं नगरसभाको दोश्रो बैठकले नगरक्षेत्रमा सुर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप अभियान सुरु गरीएको हो । मंगलबार उपमहानगरका उपप्रमुख तथा बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा बसेको बैठकले...
मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको १३ बिगा जग्गा अतिक्रमण
मकवानपुर । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको खुलेको छ । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडा –५ को नाममा रहेको ४९ हेक्टर जग्गा मध्य १३ बिगा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको हो । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले आफ्नो...
प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन् । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । साथै उनले आव ०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम...
सडक डिभिजन कार्यालय हेटौंडामा निमार्ण व्यवसायीको धर्ना
मकवानपुर । निमार्ण कार्य सम्पन्न हुदाँसमेत भुक्तानी रोकेको भन्दै निमार्ण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडा परिषरमा विरोध प्रदर्शन गरेका छन् । आइतवार बारा, पर्सा र मकवानपुरका निमार्ण व्यवसायीहरुले काम सम्पन्न हुदाँ समेत विभिन्न बाहानामा भौतिक मन्त्रालय मातहतको कार्यालयले भुक्तानी रोकेको भन्दै सडक डिभिजन कार्यालय परिषरमा विरोध स्वरुप धर्ना बसेका...
लायन्स क्लब मकवानपुर हेल्प्डेस्कको वृक्षरोपण
मकवानपुर । ‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने नाराकासाथ लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा हेटौंडा– ८ मा रहेको राजपानी पार्कमा वृक्षारोपण गरिएको छ । शनिबार स्थानीय राजापानी टोल बिकास संस्थासंगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको लायन्स क्लब मकवानपुर हेल्पडेस्कका बर्ष कार्यक्रम संयोजक प्रबेशराज बरुवालले बताए ।...










