मनहरीमा ग्यास सिलिण्डर बिस्फोट
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –१ चकरीको एक किराना पसलमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।
गएराति १२ बजेको समयमा स्थानीय दीपक ढकालको पसलमा ग्यास सिलिण्डर बिस्फोट हुदाँ लाखौंको क्षती भएको हो ।
बिस्फोट बाट पसलमा रहेको सामान जलि ४ लाख ४७ हजारको क्षति भएको ढकालले बताए । रातको समयमा लागेको आगो स्थानियको सकृयतामा निभाइएको र बिस्फोटबाट पसल र घरको दुइकोठाको संरचनामा समेत असरहुदाँ जम्मा ९ लाखको क्षतिभएको जनाइएको छ ।







