समाचार

मुआब्जा दिएर हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नुस् : निर्माण व्यवसायी संघ

मकवानपुर । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा निर्माण व्यवसायी संघ मकवानपुरले आफ्नो धारणा सर्वजनिक गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी संघले सडक विस्तार हुनु पर्ने तर मुआब्जा नपाएका घर जग्गाधनीहरुले क्षतिपूर्ति पाउनुपर्ने धारणा अघि सारेको हो । संघका महासचिव राजेन्द्र प्रसाद चौलागाईले विज्ञप्ती...

पशुपति आधारभुत विद्यालयकी प्रधानाध्यापक जो विद्यालयमा कम ल फर्ममा ज्यादा भेटिन्छन्

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१२ मा अवस्थीत पशुपति आधारभुत विद्यालयकी प्रधानाध्यापक रमाकुमारी चौलागाईं विद्यालयमा कम आफ्नो निजी ल फर्म(सक्षम ल फर्म)मा ज्यादा भेटिन्छन् । हेटौंडा बजारबाट करिब ४ किलोमीटरको दुरीमा रहेको उक्त विद्यालयमा प्रअको जिम्मेवारी सम्हाल्न छाडेर उनी हेटौंडाको मानस चोकमा रहेको निजी ल फर्ममा व्यस्त हुन्छीन्...

स्थायी बसोबास माग्दै वनकरिया समुदाय

मकवानपुर । मकवानपुरमा मात्रै बसोबास गर्ने वनकरिया समुदायले आफ्नो स्थायी बसोबासको लागि सामूहिक जग्गा माग्दै प्रदेशको मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मकवानपुर जिल्ला मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा कबुलियती बनको जग्गामा बस्दै आएका उनीहरुले स्याथी बसोबासको लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन् । उनीहरुले आइतवार बागमती प्रदेशको कृषि तथा पशुपन्छी...

२६ सहसचिवको सरूवा (हेर्नुहोस् सूची)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरूको सरूवा गरेको छ। आइतबार मन्त्रालयले २६ जना सहसचिवहरूको सरूवा गरेको हो। राष्ट्रिय किताबखानामा रहेका महानिर्देशक टोकराज पाण्डेयको अर्थ मन्त्रालयमा सरूवा भएको छ। मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका प्रदेश सचिव नुरहरि खतिवडाको आदिवासी जनजाति आयोगमा सरूवा भएको...

रातोमाटेबाट अवैध मदिरासहित तीन जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टबाट अबैध मदिरा बरामद सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक देश भारत बिहार मौजफपुर रामनगर ग्राम बस्ने वर्ष अन्दाजी ३५ को चन्दन साह, देश भारत बिहार सितामढी बस्ने वर्ष अन्दाजी २४ को सुनिल कुमार र देश भारत बिहार...

बकैयाका एघार भूमिहीनलाई लालपूर्जा

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका ५ नं. वडाका एघार भूमिहीन, दलितले जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) पाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले शनिवार आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपूर्जा वितरण गरेका हुन । स्थानीय शुक्रवहादुर भुलुन, निर माया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, सुशिला विश्वकर्मा, बाबुलाल थिङ, कमल बहादुर थिङ, कान्छीमाया...

सामुदायिक क्याम्पसमा पहिलो पटक होटल म्यानेजमेन्ट

मकवानपुर । मकवानपुरको सामुदायिक क्याम्पसमा पहिलो पटक होटल म्यानेजमेन्ट अध्यापन हुने भएको छ । हेटौंडा–४, मा रहेको हेटौंडा क्याम्पसले होटल म्यानेजमेन्टको अध्यापन सुरु गर्नेगरी भर्ना खुलाएको हो। हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार मकवानपुरमा सामुदायिक क्याम्पसहरुमा पहिलो पटक हेटौंडा क्याम्पसले होटल म्यानेजमेन्टको भर्ना खुलाएको हो । यसै बर्षदेखि हामीले...

दुई दिने विपद् व्यवस्थापन तालिम सम्पन्न

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागद्वारा आयोजित २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम समापन भएको छ । विभिन्न कारण उत्पन्न हुन सक्ने विपद् बाट आम नागरीकलाई जोगाउनका लागी नेकपा एमाले र जनवर्गिय संगठनहरुको भुमीका महत्वपुर्ण हुने जनताको पक्षमा कार्य गर्नको लागि तालिमको...

खुल्यो कोरिया भाषा परीक्षाको आवेदन, एकपल्ट गएर फर्केकाहरू भाग लिन पाउने

काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले...

४१ औं वीपी स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरको चियापान

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव वीपी कोईरालाको ४१ औं स्मृति दिवसको अबसरमा शनिबार चियापान तथा मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थामा मनोनित केन्द्रीय सदस्य र बागमती प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई बधाई कार्यक्रम गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा जिल्ला पार्टी...