समाचार
बुद्ध चोकमा किसान महासंघको धर्ना
मकवानपुर । अखिल नेपाल किसान महासंघ मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको बुद्धचोकमा विरोध तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार दिउँसो महासंघले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको औषधिउपचार व्यवस्था गर्नु पर्ने र मृत्यु भएका पुश चौपायाको किसानलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने माग...
एसईईमा उत्कृष्ट भएका १७१ जना विद्यार्थीलाई प्याब्सन मकवानपुरको सम्मान
मकवानपुर । माध्यामिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका मकवानपुरका १७१ जना विद्यार्थीलाई सम्मान गरिएको छ । बिहिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरले एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको हो । उत्कृष्ट हुने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्याब्सन मकवानपुरका...
लागुऔषध सहित रातोमाटे बाट तीन जना पक्राउ
मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा – १५ रातोमाटेबाट लागुऔषध र अबैध सामानसहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा– १ बस्ने ४९ बर्षीय शंकर अधिकारी, बारा निजगढ नगरपालिका–५ बस्ने ३२ बर्षीया कुमारी माया बल र कैलाश गाउँपालिका–४ बस्ने बर्ष २२ बर्षीय रवी लोप्चन रहेका छन् । पूर्वपश्चिम राजमार्ग...
जुरिखेतमा तरकारी बोकेको गाडी दुर्घटना, तीन जना घाइते
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ जुरिखेतमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गएराती भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा मार्खुबाट तरकारी लोड लिई हेटौडा तर्फ जान आउदैँ गरेको बा प्र ०३–००१ च ०६९४ नम्बरको योद्धा पिकअप गाडि आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल...
मकवानपुरगढीमा अवैध खोला उत्खनन्
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीमा अवैध खोला,नदी उत्खनन् भइरहेको पाइएको छ । मकवानपुरगढी गाउँपालिका अन्तरगतका खोला तथा खहरेबाट निर्वाध रुपमा नदी जन्य पदार्थको उत्खनन् भइरहदा समेत स्थानीय प्रशासनले कुनै चासो नदेखाइरहेको पाइएको हो । मध्य बर्खा महिनामा नदी जन्य पदार्थ उत्खखन् गर्न नपाउने व्यवस्था रहेको छ तर मकवानपुरगढीका खोलामा...
हेटौंडा बजारको सडक विस्तार रोकिदैन : सडक डिभिजन
मकवानपुर । डिभिजन सडक कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रको सडक विस्तार नरोकिने बताएको छ । पछिल्लो पटक प्रकाशित सूचना अनुसार नै ३५ दिनपछी तोकिएको सडक सीमाभित्रका संरचना हटाउन सुरु गर्ने डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर यादव सुवेदीले बताए । हेटौंडाका केही घरधनीको हकमा भने सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम...
हेटौंडा सडक विस्तार कार्य अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
मकवानपुर । हेटौँडा बजार खण्डको सडक विस्तार अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हेटौंडा –१० राप्तीरोडका विजयलाल जोशीसमेत ९ जनाको समूहले उक्त क्षेत्र आफ्नो व्यक्तिगत जमिन भएको दाबी गर्दै पेस गरेको रिट निवेदन माथि सोमबार भएको बहस अनुसार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको...
राष्ट्रिय परिचयपत्रको त्रुटि सच्याउन पैसा लाग्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र लिनको लागि आह्वान गरेको छ । मंगलबार प्रशासकीय अधिकृत गुणराज न्यौपानेले सूचना जारी गरी प्रशासनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएकाहरुलाई परिचयपत्र लिन आउँन आह्वान गरेका हुन् । विवरण दर्ता गराएका व्यक्तिमध्ये आफ्नो मोबाइलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले परिचयपत्र...
डीनासहित मकवानपुरका ११ उम्मेदवारलाई आयोगको जरिवाना
मकवानपुर । महालक्ष्मी उपाध्याय ’डीना’सहित ११ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको छ । गत ४ मंसिरको प्रतिनिधि सभा र प्रदेशसाभा चुनावको खर्चको विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्दा मकवानपुरकी नेपाली कांग्रेस सहमहामन्त्री डीना पनि परेकी हुन् । मकवानपुरबाट प्रतिनिधित्व गर्ने शीर्ष...
डीएसपी ठगबहादुर केसी बर्खास्त
काठमाडौं । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्र मन्त्रालयबाट प्राप्त भएको...










