बुद्ध चोकमा किसान महासंघको धर्ना

अखबार हब
२०८० श्रावण १२, शुक्रबार १३:३९

मकवानपुर । अखिल नेपाल किसान महासंघ मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको बुद्धचोकमा विरोध तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार दिउँसो महासंघले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको औषधिउपचार व्यवस्था गर्नु पर्ने र मृत्यु भएका पुश चौपायाको किसानलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने माग राख्दै धर्ना तथा विरोध प्रदर्शन गरेको हो ।

प्रदेश र स्थानीय तहले दिदैँ आएको दूधको प्रतिलिटर अनुदान स्थानीय तहले कटौती गरेकोले नियमावली तथा कार्यविधि बनाई तुरुन्त अनुदान प्रदान गर्नुपर्ने, आवश्यक रासायनिक मलको समयमा नै व्यवस्था गर्नु पर्ने, बिमा कम्पनीले बिमा भुक्तानी र नवीकरण नगरेकाले तत्काल किसानलाई रकम भुक्तानी गरि बिमा नवीकरण गर्नु पर्ने मागसहित आन्दोलनमा होमिएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगालले बताए ।
किसानको सूचीकरणसहित किसान कार्डको व्यवस्था गर्न तथा सहुलियत कृषि कर्जा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*