संकटकाल घोषणा गर्न लाईभस्टक एशोसिएशनको माग

अखबार हब
२०८० श्रावण १५, सोमबार ११:१६

मकवानपुर । नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्यसमिति मकवानपुरले लम्पी स्किन रोग भयावह बन्दै गएकोले महमारीको अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्न माग गरेको छ ।

आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई मार्फत प्रधानमन्त्रीलाई गाई बस्तुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्न माग गरेको हो ।

एशोसिएशनको केन्द्रीय निर्देशन अनुसार जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी फार्मत लम्पि स्किन रोग सबन्धी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशनका जिल्ला अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

लम्पी स्किन रोग नियन्त्रणको लागी ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नुपर्ने, रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरु सशक्त रुपमा परिचालन गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको खड्काले बताए ।

सथै रोग नियन्त्रण र उपचारका लागी प्रयोग हुने औषधीहरुको बजारमा अभाव रहेकोले आवश्यक औषधीहरुको उपलब्ध गराउन र प्रभावित किसानलाई राहतको कार्यक्रम ल्याउन एशोसिएशनले माग गरेको छ ।

पशुहरुमा महामारीको रुपमा फैलिएको यो रोगबाट देशभर हालसम्म करिब ११ लाख पशुहरु संक्रमित भएको छ भने ५० हजार भन्दा बढि पशुहरुको मृत्यु समेत भईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*