समाचार
मन्त्रालय एक्लैले काठमाडौंको विपद् व्यवस्थापन गर्न सक्दैन : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन् । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले सो कुराको स्पष्टीकरण दिएका हुन् । बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा...
कोशीका सभामुख गौतमले दिए राजीनामा
मोरङ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गोतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए । गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
यौन दुव्र्यवहार अभियोगमा पक्राउ परेका राई धरौटीमा छुटे
मकवानपुर । बाल यौन दुव्र्यवहार अभियोगमा पक्राउ गरेका बाराको निजगढ नगरपालिका वडा नम्बर– २ सिङगौलका मनोज राई धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाराले सोमबार राईलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो । स्थानीय एक १३ वर्षीया बालिकामाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी...
प्रस्तावित राजदूतहरुमाथि परेको उजुरीमाथि छलफल नगर्ने संसदीय समितिको निर्णय
काठमाडौं । संसदीय सुनुवाई समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि...
हेटौंडामा युवा संघले रोप्यो तीन सय विरुवा
मकवानपुर । एक युवा पाँच बिरुवा भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले देश व्यापाी रुपमा बृक्षा रोपण अभियान गरिरहेको छ । त्यही अभियान अन्तरगत आज(मंगलबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ दिब्य बाल उद्यानमा तीन सय वटा विभिन्न जातका विरुपा रोपेको हो । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीको...
कस्तो रहला आजको मौसम
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्युन चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य, बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र वागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका...
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाइने
काठमाडौँ । निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले...
तत्काल हेटौंडा नभत्किने
मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले भोलीबाट सडक विस्तार नहुने जनाएको छ । कार्यालयले सूचना जारी गरेको समय सीमा आजबाट सकिने भएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो । यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने...
हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न सत्तारुढ दलको आग्रह
मकवानपुर । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न मकवानपुरका सत्तारुढ दलहरुले आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) द्वारा गठित समितिले दुई महिनाको अध्ययनपश्चात् प्रतिष्ठानकाको वाग्मती प्रदेशबाट पास गरिएको ऐनमा हेटौंडा अस्पतालसँग जोडिएको विषयहरु सवै खारेज गर्न समेत अनुरोध गरेको छ...
जङ्गली जनावरको हैरानी खेपेका मध्यवर्ती क्षेत्रका किसान
मकवानपुर । पश्चिम मकवानपुरको मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका किसान यति बेला जङ्गती जनावरको आतङ्कले आजित छन् । मनहरी गाउँपालिकाको वडा नम्बर १,२,४ र ५ त्यसै गरि हेटौंडा उपमहानगरपालिकाको १२,१३ र १४ नम्बर वडामा किसानले लगायका बालिमा मध्यवर्ती क्षेत्रबाट आउने जङ्गली जनावरले रजाइ गर्दा बर्ष दिनलाई पुग्ने बालि नष्ट...










