यौन दुव्र्यवहार अभियोगमा पक्राउ परेका राई धरौटीमा छुटे

अखबार हब
२०८० श्रावण १६, मंगलवार १६:३३

मकवानपुर । बाल यौन दुव्र्यवहार अभियोगमा पक्राउ गरेका बाराको निजगढ नगरपालिका वडा नम्बर– २ सिङगौलका मनोज राई धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाराले सोमबार राईलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो ।

स्थानीय एक १३ वर्षीया बालिकामाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढमा उजुरी परेपछी उनले प्रहरी सामु आत्मासमर्पण गरेका थिए ।

घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनी विरुद्ध बाल यौन दुव्र्यवहार अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।

आफ्नो पसलमा सामान किन्न आएकी एकजना छिमेकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*