दुई दिने विपद् व्यवस्थापन तालिम सम्पन्न
मकवानपुर । नेकपा (एमाले) मकवानपुरको विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागद्वारा आयोजित २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम समापन भएको छ ।
विभिन्न कारण उत्पन्न हुन सक्ने विपद् बाट आम नागरीकलाई जोगाउनका लागी नेकपा एमाले र जनवर्गिय संगठनहरुको भुमीका महत्वपुर्ण हुने जनताको पक्षमा कार्य गर्नको लागि तालिमको आयोजना गरिएको नेकपा एमाले जिल्ला विपद् व्यवस्थापन् तथा स्वयम्सेवा विभाग मकवानपुरका प्रमुख शिवहरि दाहालले बताए ।
प्रमुख दाहालले नेकपा एमालेले जिल्ला स्तरमा ५० जना बिपद स्वंमसेवक गठन गरि जनताको हितमा परिचालन गरिएको जानकारी दिए ।
नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरीएको तालिम कार्यक्रमको समापन नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले गरेका थिए । समापन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, सचिब नवीन सिग्देल, सचिवालय सदस्य सुमित्रा काफ्ले, राजन थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
तालिम कार्यक्रमलाई मकवानपुरका सबै स्थानीय तह सम्म आयोजमा गरिने आयोजकले जनाएको छ ।







