४१ औं वीपी स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरको चियापान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव वीपी कोईरालाको ४१ औं स्मृति दिवसको अबसरमा शनिबार चियापान तथा मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थामा मनोनित केन्द्रीय सदस्य र बागमती प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई बधाई कार्यक्रम गरेको छ ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा भएको वीपी स्मृति कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनित भएका २३ जना कन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन तथा चियापान कार्यक्रम गरिएको हो ।
कांग्रेस बागमती प्रदेशका संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल, जिल्ला सभापति लामा, जिल्ला उपसभापति आनन्द कठायतले वीपीले गरेको संघर्ष र योगदानको बारेमा चर्चा गर्नुभएको थियोे भने लेखक संघका केन्द्रीय सदस्य ह्याग्रिव आचार्य र जिल्ला अध्यक्ष छवि अनित्यले कवितामार्फत वीपीको चर्चा गरेका थिए ।
१९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे ।
चियापान तथा बधाई कार्यक्रममा निको अस्पताल प्रालि तमु फार्मेसी हेटौंडाद्वारा स्वास्थ्य जाँचसमेत गरेको थियोे ।







