२६ सहसचिवको सरूवा (हेर्नुहोस् सूची)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरूको सरूवा गरेको छ।
आइतबार मन्त्रालयले २६ जना सहसचिवहरूको सरूवा गरेको हो।
राष्ट्रिय किताबखानामा रहेका महानिर्देशक टोकराज पाण्डेयको अर्थ मन्त्रालयमा सरूवा भएको छ। मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका प्रदेश सचिव नुरहरि खतिवडाको आदिवासी जनजाति आयोगमा सरूवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमा रहेका प्रदिपराज अधिकारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ध्रुवराज पण्डितको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ।
हेर्नुहोस् सूचीः









