हेटौंडामा दुई दिने विपद् व्यवस्थापन तालिम सुरु

अखबार हब
२०८० श्रावण ५, शुक्रबार १९:४७

मकवानपुर । हेटौंडामा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । नेकपा (एमाले) निकट विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागको आयोजनामा आज बाटे तालिम सुरु भएको हो ।

विभिन्न कारण उत्पन्न हुन सक्ने विपद्बाट आम नागरीकलाई जोगाउनका लागि एमाले निकट जनवर्गिय संगठनहरुको भुमीका महत्वपुर्ण हुने भएकाले तालिम आवाश्यक रहेकोले सो कार्यक्रम आयोजना गरीएको विपद् व्यवस्थापन् तथा स्वयम् सेवा विभाग मकवानपुरका संयोजक शिवहरी दाहालले बताए ।

पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरीएको तालिमको उद्घाटन गर्दै एमाले पोलिट्व्युरो सदस्य तथा मकवानपुर ईन्चार्ज देवि ज्ञवालीले अब एमाले मकवानपुरले आम नागरीकको समस्यासँग जोडीएर काम गर्ने बताए । एमाले जनतासँग जोडीएर काम गरीरहेको र अझ यसलाई व्यापक बनाउदै जनताको सारथी बन्ने काममा लाग्नु पर्नेमा उनको जोड थियो ।

यस्तै विपदमा परेका व्यक्तिलाई राहत उद्दार मात्र नभएर तत्कालै प्राथमीक उपचारको लागी जनवर्गीय संगठनहरु तयार हुनु पर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

तालिम कार्यक्रमलाई निकट भविष्यमा नै मकवानपुरका सबै स्थानीय तह सम्म लगिने आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा एमाले निकट सम्पुर्ण जनवर्गिय संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*