हेटौंडाको भेटेरिनरी अस्पतालका डा.कोईरालाको बदमासी : भ्रमण पञ्जाबको भत्ता काठमाडौंको

अखबार हब
२०८० श्रावण ३, बुधबार १८:११

मकवानपुर । हेटौंडाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यररत डाक्टर आभास कोईरालाले जाँदै नगएको स्थानको भ्रमण देखाएर राज्यकोषबाट रकम लिएका छन् ।

डाक्टर कोईरालाले गत २०७९ फागुन २१ गतेदेखि २५ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानको भ्रमण गरेको रिपोर्ट कार्यालयमा बुझाएका छन् । तर सो मितिमा उनी मकवानपुरको बकैया गाउँपालिकाले गरेको भारतको पञ्जाव कृषि भ्रमणमा पुगेका थिए ।

गत फागुन १९ गतेदेखि २५ गतेसम्म गाउँपालिकाले गरेको पञ्जाव कृषि भ्रमण टोलीमा कोईराला ५ दिन भारतमै रहेका थिए । डाक्टर कोईरालाले सो वापतको परिवारसहितको पर्यटन काजवापतको परिवारको ४ जना बराबरको रकम लिएको स्वीकारसमेत गरेका छन् । आफू पञ्जाब पुगेको भएपनि उनले काठमाडौं, भक्तपुर र ललितपुरको भ्रमण गएको कार्यालयमा कागजात बुझाएका थिए ।

डाक्टर कोईरालाले २ पटक गरी १० दिनकै भ्रमण भत्ता वापत ६३ हजार रुपैया बुझेका उनी दोश्रोपटक २०७९ पौष २९ देखि माघ ३ गतेसम्म पोखरा, काठमाडौं र ललितपुर भ्रमण गएको भ्रमण स्वीकृत कागजातमा देखिएको छ ।

जाँदै नगएको भ्रमण वापतको रकम लिएको बारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले छानविन गर्ने मन्त्रालयका प्रवक्ता झलकनाथ कँडलले बताए ।

कर्मचारीले आफू गएको स्थानको कुनैपनि विल भर्पाई वा गएको स्थानको बारेमा पुष्टि हुने कागजात पेश गर्नु नपर्ने भएपछि दुरुपयोग गर्न सजिलो भएको हो ।

नियमानुसार कर्मचारीलाई उसले पाउने तलबलाई प्रतिदिनको गणना गरी ४ जना बराबरको ४० दिनको तलब सुधिा भत्तावापत दिने गरेको छ । कर्मचारी नेपालभित्रै गएको हुनुपर्ने र बर्षमा १० दिनसम्म भत्तासहितको सुविधा पाउने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*