मासिक भत्ता बापतको रकम उत्कृष्ट विद्यार्थीलाई
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष सागर पाण्डेले मासिक भत्ता बापतको रकम एसईई नतिजामा सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थी प्रदान गरेका छन् ।
एसईई नतिजामा सबैभन्दा बढी जिपिए ल्याउने बाराही माविका विद्यार्थीलाई आज एक कार्यक्रमको बिच वडाध्यक्ष पाण्डेले नगदसहित सम्मान गरेका हुन् ।
नगदसहित सम्मानित हुनेमा सबैभन्दा बढी जिपिए ल्याउन सफल भएकी बाराही माविकी छात्रा बुद्दकुमारी थिङ्गलाई दश हजार रुपैया द्वितीय हुन सफल उज्वल सुवेदी र तृतीय अस्मिता दोङ्गलाई जनही पाँच हजार रुपैँया सहित सम्मान गरिएको हो ।
अध्यक्ष पाण्डेले परीक्षामा सफल भएका अन्य तीस जनालाई मायाको चिनो दिएर सम्मान गरेका थिए । पाण्डेले आफुले गरेको सानो सहयोगले आगामी दिनमा विद्यार्थी भाईबहिनीलाई अझ धेरै प्रगती गर्नका लागि हौसला बढ्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि राम्रो पढ्नेहरूलाई साथ सहयोग सहित सम्मान गर्ने जानकारी गराए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्य विद्यालयका प्रधानाध्यापक डि।पि गौतम लगायकातको आतिथ्यता रहेको थियो ।







