समाचार

विपदबाट क्षति पुगेका कृषकलाई प्रदेश सरकारको राहत

मकवानपुर । बागमती प्रदेश सरकारले नेपालमा नै पहिलोपटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदवाट प्रभावित किसानलाई राहत रकम प्रदान गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत १ करोड ५७ लाख ७५...

बहुविवाह आरोपमा १७ वर्षपछि वडाध्यक्ष पक्राउ

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतो बहुविवाह आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मंगलबार छलफलका लागि पुगेका महतोलाई प्रहरीले बहुविवाहको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । महतोकी जेठी श्रीमती ललिता देवीले सप्रमाण प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक...

३ लाख ७५ हजार भारतीय रुपैयाँ सहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ३ लाख ७५ भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रु वाहक बसलाई हेटौंडा–१५ रातोमाटेमा चेक जाँच गर्ने क्रममा अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बेतिया...

एसइई नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ‘असारको...

ढाका बुनाई सिकाएर महिलालाई स्वरोजगार बनाउँदै इन्द्रसरोबर

मकवानपुर । ढाकाको कपडा तयार गर्न सिकाएर जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकाले स्थानीय महिलालाई स्वरोजगार बनाउँदैछ । गाउँघरमै कृषि र गृहणी काम गर्दै आएका ६ जना महिलालाई गाउँपालिकाले तीन महिनासम्म ढाकाको कपडा बनाउन सिकाएको हो । इन्द्रसरोबर–२, स्थित भालुखर्कमा ६ जना महिलाको समूहलाई गरिवी निवारणका लागि लद्यु उद्यम विकास...

हेटौंडामा नेपाल बैंकको एटिएम तोडफोड, हार्डवेयर पसलमा चोरी

मकवानपुर । हेटौंडामा नेपाल बैंक लिमिटेडको एटिएम मेशिन तोडफोड र एक हार्डवेयर पसलमा चोरी भएको छ । हेटौंडा–५ कान्तिलोकपथ स्थित नेपाल बैंक लिमिटेडको एटिएम मेशिन तोडफोड भएको हो । त्यस्तै बैंकसंगै रहेको हाम्रो पुडासैनी सप्यालर्समा समेत चोरी भएको सञ्चालक रोहित पुडासैनीले बताए । नेपाल बैंक लिमिटेड हेटौंडाका प्रमुख तेज...

सिन्धुलीको घ्याङ्लेखमा टेलिकमको फोरजी सेवा

सिन्धुली । जिल्लाको घ्याङलेख गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा शुरु भएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको पहलमा जिल्लाको घ्याङ्लेख गाउँपालिका ५ सिंपालमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । १० वर्षे माओवादी जनयुद्धमा ‘पूर्वको रोल्पा’ भनेर चिनिने यस पालिकामा शनिवारदेखि...

मकवानपुरका १२ जना पत्रकार पुरस्कृत

मकवानपुर । मकवानपुरमा कृयासिल १२ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ, मकवानपुर तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको फिचर लेखन प्रतियोगितामा २ सर्वोत्कृष्टसहित १२ जना पत्रकार पुरस्कृत भएका हुन् । हेटौंडा उपमहानगरपालिकाभित्र भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायतका विकासका क्षेत्रमा आधारित रहेर लेखिएको फिचर समाचारमा सर्वाेत्कृष्ट महिला...